शनिबार, आश्विन १७ गते २०८३

हिमालयन र सिभिल क्यापिटलबीच १००:३१ स्वाप रेसियो, इतिहासमै कमजोर मर्जर किन हुन पुग्यो


भाद्र १२, २०८० मंगलबार
हिमालयन र सिभिल क्यापिटलबीच १००:३१ स्वाप रेसियो, इतिहासमै कमजोर मर्जर किन हुन पुग्यो

हिमालयन क्यापिटल र सिभिल क्यापिटलबीच १००:३१ स्वाप रेसियोमा मर्जर हुने भएको छ । नेपालको इतिहासमा सम्भवत यो नै सबैभन्दा कम स्वाप रेसियोमा हुन लागेको मर्जर हो ।

हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर भएसँगै उनीहरुका भगिनी संस्थाबीच एकिकरण हुनु अनिवार्य थियो । तर सिभिल क्यापिटलमा भएका विभिन्न कैफियतका कारण एकिकरणमा ढिलाई भएको थियो । अब भने दुवै क्यापिटलबीचको मर्जर टुंगिएको हो । सिभिल क्यापिटलभित्र भएका विभिन्न समस्यका कारणले हिमालयन र सिभिल क्यापिटलबीच १००:३० को स्वाप रेसियोमा मर्जर हुन सक्ने समाचार नेपालपत्रलेले भदौ १ गते प्रकाशित गरेको थियो । 

मर्जरकालागि डिडिए गर्ने क्रममा सिभिललाई हिमालयनको १०० कित्ता शेयर बराबर ३१ कित्ता मात्र शेयर दिने दुवैपक्षबीच समझदारी बनेको हो । मंगलबार एक सूचना प्रकाशित गर्दै भाद्र २७ गतेका लागि विशेष साधारणसभा बोलाइएको छ । यसरी सिभिल क्यापिटल एक तिहाइभन्दा कम स्वाप रेसियोमा मर्जरमा जानुपर्ने कारण भने सिभिल सहकारीसँग जोडिएको छ । तत्कालिन सञ्चालक समितिको दवावमा क्यापिटलको १० करोड रुपैया सिभिल सहकारीमा डिपोजिट गरिएसँगै सिभिल क्यापिटलको ओरालो यात्रा शुरु भएको देखिन्छ ।

तत्कालिन अपरेशन ईञ्चार्जको भनाइमा त्यसबेलाका सिभिल क्यापिटल बोलवाला सञ्चालक थिए हिराकाजी बस्नेत । उनै सञ्चालक बस्नेत र सिभिल बैंकका सञ्चालक इच्छाराज तामाङकी श्रीमति सृजना शाक्य (तामाङ्ग)को बलजफतीमा क्यापिटलको झण्डै १० करोड निक्षेप सिभिल सहकारीमा पठाएका थिए । त्यसबेला ईच्छाराजका मामाससुरा पर्ने जयेन्द्र श्रेष्ठले सहकारीमा पैसा राख्न नहुुने अडान राख्दा उनको जागिरको करार समेत नविकरण नभएको निज स्वयंले जानकारी गराएका थिए । हाल निज श्रेष्ठ अमेरिका बस्दै आएका छन् ।

सिभिल सहकारीमा निक्षेप फसेको र सहकारीका अध्यक्ष ईच्छाराज तामाङ्ग ठगी काण्ड जेल परेसँगै क्यापिटलको हालत फेरि उठ्नै नसक्नेगरी थला परेको हो । त्यसमाथि अहिले क्यापिटलको मरणासन्न हालत हुनपुग्नुमा क्यापिटलकै केहि खुराफती रवैयाका सञ्चालक र हालकी अयोग्य सिइओका प्रमुख कारका रुपमा रहेको नाम नबताउने शर्तमा सिभिल क्यापिटलकै एक सञ्चालकले जानकारी दिए ।