शुक्रबार, कार्तिक ७ गते २०८३

ब्रिक्स बिश्वको एउटा जीवन्त र आकर्षक बिकास संयन्त्र बन्ने 

भाद्र ८, २०८० शुक्रबार
ब्रिक्स बिश्वको एउटा जीवन्त र आकर्षक बिकास संयन्त्र बन्ने 

दक्षिण अफ्रिकामा यही अगस्ट २४ बिहीबारका दिन सम्पन्न १५औं ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स संयन्त्रको जीवन्तता र आकर्षण तथा विकासलाई बढावा दिन, बहुपक्षीयताको रक्षा गर्न र विश्वव्यापी शासन सुधारमा यसले खेल्न सक्ने ठूलो भूमिकालाई दर्शाउँदछ । 
अहिले यसको एउटा ऐतिहासिक विस्तारमा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई ब्रिक्सको नयाँ सदस्य बन्न आमन्त्रण गरिएको थियो। यसले ब्रिक्स सहयोग संयन्त्रमा नयाँ जीवन्तता ल्याउनेछ र विश्व शान्ति र विकासका लागि अग्रसर शक्तिहरूलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ  । बर्तमान विश्वको सुस्त अर्थतन्त्र र अन्य गम्भीर चुनौतीहरूको पृष्ठभूमिमा कोभिड–१९ महामारीपछिको पहिलो यो १५औं ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स देशहरू र ग्लोबल साउथको ऐक्यबद्धता र सहयोगलाई अझ अघि  बढायो। अन्तर्राष्ट्रिय परिदृश्यलाई अग्र गति र आकार दिन तथा न्यायोचित र समतामूलक विश्व व्यवस्था निर्माण गर्न ब्रिक्स एक महत्वपूर्ण सकारात्मक र स्थिर शक्ति भएको बिश्लेषण गरिदैछ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्सले विश्वको कुल जनसंख्याको ४२ प्रतिशत र विश्वको कुल राष्ट्रिय घरेलु उत्पादनको एक चौथाइ हिस्सा ओगटेको छ । चीनको  सांघाईस्थित नयाँ विकास बैंक र आकस्मिक रिजर्भ एरेन्जमेन्टले पनि  यस संयन्त्रअन्तर्गत फलदायी र व्यावहारिक सहयोगको उदाहरण दिन्छ ।

खुलापन, समावेशिता र जीत–जीतको आधारमाा सहयोगको भावनालाई कायम राख्दै र अघि बढाउँदै यस ब्रिक्स संयन्त्रले उदीयमान बजार र विकासशील देशहरू (ईएमडीसी) का लागि एक नयाँ, प्रभावकारी र महत्वपूर्ण सहयोग मञ्चको प्रतिनिधित्व गर्दछ । सन् २०१७ मा सियामेन शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति शी चिनफिङले प्रस्ताव गरेको ‘ब्रिक्स प्लस’ सहयोग दृष्टिकोणले पनि दक्षिण–दक्षिण सहयोगको एक प्रमुख उदाहरण प्रस्तुत गरेको छ र ईएमडीसीहरूबीच एकताको माध्यमबाट शक्तिको खोजी गरेको छ । 

Bricsfmailies.jpgक्सद्वारा प्रतिनिधित्व गरिएको ईएमडीसीहरूको सामूहिक उदयले आधारभूत रूपमा विश्वव्यापी परिदृश्यलाई परिवर्तन गरिरहेको छ। विगत २० वर्षमा ईएमडीसीले विश्वव्यापी वृद्धिमा ८० प्रतिशतसम्म योगदान पुर्याएको छ र विश्वको कुल घरेलु उत्पादनमा उनीहरूको हिस्सा ४० वर्षअघिको २४ प्रतिशतबाट बढेर यतिबेला ४० प्रतिशतभन्दा बढी पुगेको छ ।विश्व अशान्ति र रूपान्तरणको नयाँ युगमा प्रवेश गरेको छ, ठूलो परिवर्तन, विभाजन र पुनर्संरचनाबाट गुज्रिरहेको छ। अभूतपूर्व महामारी र नयाँ अनिश्चितताबाट प्रभावित विकासोन्मुख देशहरूले संयुक्त राष्ट्रसङ्घको सन् २०३० को दीगो विकास लक्ष्य हासिल गर्न अझ कठिन चुनौतीहरूको सामना गरिरहेका छन् । यसका अतिरिक्त, शीतयुद्धको मानसिकतामा जकडिएका कतिपय देशहरूले आफ्नो प्रभुत्व कायम राख्न पछिल्ला हालैका वर्षहरूमा विभाजन र मुठभेड सिर्जना गर्न पनि कुनै कसर बाँकी राखेका छैनन्। यस्तो जटिल अन्तर्राष्ट्रिय परिवेशमा विस्तारित ब्रिक्स समूहले साझा विकासलाई बढावा दिन, बहुपक्षीयताको रक्षा गर्न र अधिक न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासनका साथै बहुध्रुवीय विश्वमा योगदान गर्न ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

The Summitte.jfif
आजभन्दा १७ वर्षअघि स्थापना भएदेखि नै ब्रिक्स सहयोग निरन्तर प्रमाणित र विस्तार हुँदै नै आएको छ । यो संयन्त्र झन्–झन् प्रभावशाली हुँदै गएको देखिदैछ । सदस्यता विस्तारले ब्रिक्सका लागि अझ थप नयाँ आरम्भ बिन्दूको रूपमा यसलाई चिन्हित गरेको छ । एउटा विकासशील देश र ग्लोबल साउथको सदस्यको रूपमा, चीन मानव जातिको साझा भविष्य भएको समुदायको दृष्टिकोणलाई पछ्याउन, यस सम्बन्धमा रणनीतिक साझेदारी बढाउन तथा संयुक्त रूपमा उज्ज्वल भविष्यलाई आकार प्रकार दिन र ब्रिक्सका सदस्यराष्ट्रहरू र विश्वका जनताका साझा आकांक्षाहरू पूरा गर्न अझ सघन र दूरगामी सहयोगलाई अघि बनाउन तयार छ । बर्तमान बिश्वमा यो एकदमै आवश्यक कुरा पनि हो । यस दिशामा ब्रिक्स दृढतापूर्बक अघि बढोस् ।