शनिबार, कार्तिक ८ गते २०८३

घर जग्गा व्यवसायीले भेटे बैंकर्सलाइ,लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन  पहल गर्ने 

भाद्र ७, २०८० बिहीबार
घर जग्गा व्यवसायीले भेटे बैंकर्सलाइ,लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन  पहल गर्ने 


नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले नेपाल बैंकर्स संघ ९एनबीए० सँग छलफल गरेको छ ।  सरकारले घरजग्गाको कारोबारमा लचिलो नीति लिएको अवस्थामा कर्जा सहजीकरणका लागि आग्रह गरिएको महासंघका अध्यक्ष भेषराज लोहनीले  जानकारी दिए ।महासंघको टोलीले एनबीए अध्यक्ष सुनिल केसीसहितका बैंकरहरुसँग छलफल गरेको हो ।

घर–जग्गाको कारोबारलाई प्रोत्साहन गर्न आग्रह गरेको महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले उल्लेख गरे । घरजग्गा धितो राखेर पाइने ऋणको अनुपात बढाउने, फेयर मार्केट भ्यालु निकाल्न एउटै सुत्र बनाउने, बैंकहरुले आधार दरमा धेरै मार्जिन राख्न नहुने विषयमा छलफल थियो । लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन बैंकर र व्यवसायी मिलेर साझा एजेण्डा बनाई राष्ट्र बैंकसँग आवश्यक छलफल गर्ने समझदारी समेत बनेको बताइएको छ ।

 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता