आइतबार, कार्तिक ९ गते २०८३

सानिमा बैंकको दराजसँंग “ दराज मन्थ्ली पे डे योजना” का लागि सहकार्य

भाद्र ६, २०८० बुधबार
सानिमा बैंकको दराजसँंग “ दराज मन्थ्ली पे डे योजना” का लागि सहकार्य


सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँंग “  दराज मन्थ्ली पे डे   योजना” अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्ननेछन् ।  

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम् रु. ५००÷– सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु ७५०÷– सम्मको छुट प्राप्त गर्न सक्ननेछन् ।  । छुट प्राप्त गर्न ग्राहकहरुले दराज एपमा भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी  सुविधा पनि प्राप्त गर्न सक्ननेछन् ।  । उक्त छुट प्राप्त गर्न ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुचारु गरी सक्नुपर्ने हुन्छ । अनलाइन पेमेन्ट सेवा सुचारु गर्ने प्रकृयाको भिडियो सानिमा बैंकको आधिकारिकमा राखिएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।