आइतबार, आश्विन १८ गते २०८३

अझै ३ दिनसम्म भदौरे झरी, हल्कादेखि मध्यम वर्षा हुने

भाद्र ६, २०८० बुधबार
अझै ३ दिनसम्म भदौरे झरी, हल्कादेखि मध्यम वर्षा हुने

 

हाल मुलुकभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसमविज्ञान विभाग म ले बुधबार बिहानैदेखि काठमाण्डौ उपत्यका लगायत देशभर वर्षा भइरहेको जनाएको छ । मनसुनी न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशैभर वर्षा हुने क्रम अझै तीन दिनसम्म चल्ने मौसमविदले जनाएका छन् । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले न्यूनचापीय प्रणाली उत्तरतर्फ सरेकाले आगामी तीन दिन नै हल्कादेखि मध्यम दरको वर्षा हुने बताए ।  केहीबेर पानी पर्न रोकिएपनि पछि पुन: पानी पर्ने सम्भावना रहेको उनले बताए । राति भने सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।