काठमाडौं महानगरपालिकाले ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी गरेका र ३५ वर्षभन्दा कम उमेर भएकाका उद्यमीलाई कर रकममा छुट दिने भएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरपालिका आर्थिक ऐन–२०८०मा ५ लाख रुपैयाँसम्मको पुँजीगत लगानी भएका र ३५ वर्षभन्दा कम उमेरका उद्यमी रकममा ४० प्रतिशत छुट दिने व्यवस्था रहेको जनाएको हो । समयमै कर तिरेर उक्त छुट सुविधा उपयाेग गर्न महानगरले एक सूचना जारी गरी आग्रह गरेको हो।