शहबाज खान/कपिलवस्तु कपिलवस्तु जिल्लाका चर्चित भन्सार कार्यलय कृष्णनगर नाकामा राजस्वछली नेपालको ठुल ठुला बाजारहरुमा सामान पुर्याउने गिरोह सक्रिय भइ निरन्तर अवैध निकासी पैठारी गरि रहेको छ। र सिमा सुरक्षा तथा राजश्व चुहावट नियन्त्रणमा खटिएका निकायहरुको निष्क्रियताले दिन दिनै भन्सार राजश्व संकलन घटिरहेको छ।

ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले ३ लाख ६० हजार बराबरको अवैध समाना र चालक सहित गाड़ी नियन्त्रणमा लिएको छ। पुरुषले प्रयोग गर्ने भित्री बस्त्र (कट्टु) थान २४०० (चौबीस सय) अन्दाजी मुल्य १५०रुपयि प्रति थानको दरले३,६०,००० (तीन लाख साठी हजार रुपया ) बराबरको सामान भन्सार छली गरि भारतबाट नेपाल भित्र्याई काठमाडौ तर्फ लैजादै गरेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी गस्ति टोलिले महाराजगन्ज नगरपालिका वडा न. ५ कन्चनिया बाट नियन्त्रणमा लिएको हो ।

काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तले चलाएको बा ४ च १५२३ नम्बर को निसान कम्पनीको डबल क्याप गाडीमा (गाडीको अन्दाजी मुल्य १५,००,००० ।- पन्ध्र लाख) समेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कपिलवस्तुका निमित्त प्रहरी प्रमुख निरीक्षक शैलेश्वरी बोहराले बताएका हुन् ।

नेपालपत्र संवाददाता