आइतबार, कार्तिक ९ गते २०८३

गरिमा विकास बैंकले  ११.९९ प्रतिशत  ब्याजदरमा   सरल घर कर्जा र  सरल एसएमई आवधिक कर्जा दिने

भाद्र १, २०८० शुक्रबार
गरिमा विकास बैंकले  ११.९९ प्रतिशत  ब्याजदरमा   सरल घर कर्जा र  सरल एसएमई आवधिक कर्जा दिने

 

गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित    ११.९९ प्रतिशत रहने छ । ११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने  स बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न  अनुरोध गरेको छ । 

  बैंकलेदेशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।