आइतबार, कार्तिक ९ गते २०८३

५ अर्बको विकास ऋण पत्र निष्काशन गर्दै राष्ट्र बैंक

श्रावण ३१, २०८० बुधबार
५ अर्बको विकास ऋण पत्र निष्काशन गर्दै राष्ट्र बैंक


 नेपाल राष्ट्र बैंकले ५ अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ६ वर्षका लागि निष्कासन हुन लागेको विकास ऋणपत्र २०८६‘ट’ को आज अपरान्ह ३ बजे बोलकबोल हुने  भएको छ । निष्कासन भदौ १ गते हुने छ भने साँवा भुक्तानी अवधि २०८६ भदौ १ गते रहेको छ । ऋणपत्रको ब्याज अर्धवार्षिक रपमा हुनेछ । 

ब्याजमा ब्याजकर लाग्ने छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन र दिने पाइने छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । 

ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइने छ ।