आइतबार, कार्तिक ९ गते २०८३

हिमालयन बैंक र तायो इकोबीच सम्झौता,१५ प्रतिशत छुट पाइने 

श्रावण ३०, २०८० मंगलबार
हिमालयन बैंक र तायो इकोबीच सम्झौता,१५ प्रतिशत छुट पाइने 

 

हिमालयन बैंक   र तायो इको रिर्सोट होटल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ ।

बैंक र तायो इको रिर्सोट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बंैकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट  प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न  बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्ने बैं
कले जनाएको छ ।