शुक्रबार, कार्तिक ७ गते २०८३

... सबभन्दा ठूलो श्राप घुस र भ्रष्टाचार हो, जसलाई कठोरताका साथ समाप्त पार्नुछ... : जिन्नाह


श्रावण २९, २०८० सोमबार
... सबभन्दा ठूलो श्राप घुस र भ्रष्टाचार हो, जसलाई कठोरताका साथ समाप्त पार्नुछ... : जिन्नाह
मोहम्मद अलि जिन्ना (१८७६-१९४८) पाकिस्तान राष्ट्रका संस्थापक, मुस्लिम लीगका नेता थिए र पाकिस्तानको पहिलो गवर्नर जनरल पनि। पाकिस्तानीहरुले उनलाई कायदे-आजम अर्थात महान नेता र बाबा-ए-कौम अर्थात राष्ट्रपिता मान्छन्।
 
लाहौर प्रस्ताव अन्तरगत उनले मुसलमानहरूको लागि एक अलग राष्ट्र स्थापनाको बाटो लिए । तर शुरूमा उनी अलग ईस्मालामिक मुलुक बनाउने कुराका विरोधी थिए। यससम्बन्धी प्रस्ताव लीगको बैठकमा पहिलो पटक आउँदा उनी उत्त्तेजित भएर 'नामुमकिन् !' (असम्भव) भन्दै उठेका थिए ।
कांग्रेस र मुस्लीम गठबन्धनको सरकार बनाउन असफल भएको परिणामत: अंग्रेजले भारत विभाजनको प्रस्ताव स्वीकृत गरिदिए। पाकिस्तानको गभर्नर जनरलको रूपमा जिन्नाले लाखौं शरणार्थीहरूको पुनर्वासको लागी प्रयास गरे। साथै, उनले आफ्नो देशको विदेश नीति, सुरक्षा नीति र आर्थिक नीति बनाउन महत्वपूर्ण योगदान दिए । जिन्नाको उदय १९१६ मा कांग्रेस नेताको रूपमा भएको थियो। भारतीय मुसलमानहरू प्रति कांग्रेसको उदासीन रवैयालाई देखेर कांग्रेस छोडिदिए।
 
भारतीय राजनीतिमा उनले देशमा मुसलमानहरूको अधिकारको रक्षा र स्वशासनको लागी चौध सूत्रीय संवैधानिक सुधारको प्रस्ताव राखे। उनले हिन्दू-मुस्लिम एकतामा जोड दिदै मुस्लिम लीगका साथ लखनऊ सम्झौता गराएका थिए। भारत स्वतन्त्रताकै बेला जिन्नाहलाई टीबीले समात्यो । तर यो कुरा उनकी बहिनी फातिमा र पारिवारिक डाक्टरमै सीमित राखियो । कारण, जिन्नाहको निधन निकट भविष्यमै हुने यकिनले पाकिस्तानको उदय असम्भव हुनसक्थ्यो भने होशियारी।
 
यहाँ दिईएको भनाई जिन्नाहले त्यहाँको संविधानसभामा अगस्ट ११, १९४७ का दिन दिएको भाषणको अंश हो । उक्त उद्धरणको पूरा वाक्य :
"One of the biggest curses from which India is suffering- I do not say that other countries are free from it, but, I think our condition is much worse- is bribery and corruption. That really is a poison. We must put that down with an iron hand."
आज १४ अगस्ट पाकिस्तानको स्वतन्त्रता दिवस- "यौम इस्तिक़लाल" (Independence Day) हो, जसलाई भारतीयहरू 'कालो दिन' (Black Day) भन्ने गर्दछन्। हुनुपर्ने १५ अगस्ट नै हो, तर ब्रिटिस भाईसराय लर्ड माउन्टबेटन लाई भारत र पाकिस्तान (दुवै) मुलुकका स्वतन्त्रता दिवसमा उपस्थित भएर आवश्यक कागजात हस्तान्तरण गर्न समय मिलाउनु परेकोले एक दिनको अगाडि र पछाडि पार्नुपरेको हो ।