आइतबार, कार्तिक ९ गते २०८३

माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’सुविधा

श्रावण २८, २०८० आइतबार
माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’सुविधा

माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलो पटक ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सुविधा सुरु गरेको छ । 

टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिइने गरिन्छ, जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने कम्पनीले जनाएको छ । माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पीओएसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम(स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । 

हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एनड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिन्छ । सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले एफ वान सफ्ट इन्टरनेसनल प्रालि, नेपाल क्लियरिङ हाउस र सिटीटेक प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो । बैंकले टोकनाइजेसनलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।