बुधबार, भाद्र ३ गते २०८३

ब्लोदान पूर्वी भेगीय क्षेत्र कोटेश्वरको चौथो अधिवेसन सम्पन्न

भाद्र १२, २०७८ शनिबार
ब्लोदान पूर्वी भेगीय क्षेत्र कोटेश्वरको चौथो अधिवेसन सम्पन्न

 


काठमाण्डौ । ब्लड डोनर एशोशिएन नेपाल (ब्लोदान)को पूर्बी भेगीय क्षेत्र कोटेश्वरको चौथो अधिबशेन सम्पन्न भएको छ । पूर्वी भेगका अध्यक्ष रवि रिमालको सभापतित्व एवं  ब्लोदान केन्द्रीय सचिव उज्वल केसीको प्रमुख आतिथ्यमा अधिवेशसन सम्पन्न भएको हो ।   ।

अधिवेशनलाई सम्बोधन गर्दै उनले वि.सं. २००१ दयावीरसिंह कंसाकारको अगुवाईमा शुरु भएको रक्तदान अभियानले ७४ वर्ष पूरा गरेको भएता पनि अपेक्षाकृत रुपमा स्वयंसेवी रक्तदाताहरुको वृद्धि भने हुन नसकेको औंल्याए । अझैपनि मागको तुलनामा रगतको आपूर्ति कम रहेकाले जनचेतना अभिवृद्धि गरी धेरैलाई रक्तदानमा सहभागी गराउन आवश्यकता रहेको केसीले औंल्याए । 

मानव रगतको अन्य कुनै विकल्प नरहेको अवस्थामा स्वयंसेवी रक्तदाताहरु नै मुख्य आपूर्तिकर्ता भएकाले ब्लोदानका भेगीय संरचनाहरुलेहरुले आफैंले रक्तदान कार्यक्रम गर्ने भन्दा पनि संघसंस्थाहरुलाई त्यसका लागि अभिप्रेरित गर्ने, रक्तदानको महत्वको बारेमा बुझाउने जस्ता कार्य गर्नुपर्नेमा उनको जोड थियो । कुनै समय रगतको किनबेच हुने गरेको र त्यसलाई विस्थापित गर्न ब्लोदान गठन गरी स्वयंसेवी रक्तदान अघि बढाइएको उनले सम्झना गरे । 

कार्यक्रमका अतिथि एवं ब्लोदानका केन्द्रीय सदस्य भोलानाथ पाठकले ब्लड बैंकमा विरामीको उपचारका लागि रगत लिन आएका तर समयमै रगत नपाई ज्यान गुमाएको एक घटनाबाट आफु प्रेरित भई आफु रक्तदान अभियान सम्मिलित भएको जनाए । ‘अहिले  पनि सहज रुपमा रगत पाउने अवस्था रहेको छैन,’ उनले भने ‘सोर्सफोर्स र पहुँचवालाले रगत पाइरहेका छन् । रगत हरेक विरामीका लागि आवश्यक पर्न सक्ने भएकाले सहज रुपमा उपलब्ध हुने वातावरण बनाउनुपर्छ ।’ 


ravi rima l.jpg

कान्तिपुर रक्त संचार सेवाका प्रमुख टिकाराम मण्डलले रगतको आपूर्तिसँगै व्यवस्थापन मुख्य चुनौती रहेको बताए । विरामीका लागि लगिएको रगत प्रयोग नभएमा जुन केन्द्रबाट लगिएको हो त्यँही फिर्ता ल्याइदिए र अस्पतालहरुले पनि उपचाररत विरामीहरुका लागि रगतको व्यवस्थापन अस्पतालमा नै गरिदिए रगत अभावको समस्या कम हुने धारणा उनले राखे । 

काठमाण्डौ जिल्लाका कार्य बाहक अध्यक्ष जनक कुमार खड्काले ब्लोदानको सञ्जालका बारेमा जानकारी दिएका थिए । उनले ब्लोदानले गर्ने विविध गतिविधिका बारेमा सहभागिहरुलाई जानकारी गराए ।

सम्पन्न अधिवेशनले  चेतनाथ काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्व सम्मतिबाट चयन गरेको छ । कार्य समितिको उपाध्यक्ष रजिन कुमार श्रेष्ठ , सचिव खेलनाथ सिग्देल, सह सचिव माधव कुमार खड्का, कोषाध्यक्षमा ईन्द्र बहादर कार्की रहेका छन् । त्यसैगरी सदस्यहरूमा दिनेश कुमार केसी , जयन खड्का, प्रेम प्रसाद आचार्य, भिम प्रसाद सापकोटा, लगायत सदस्यहरू रहेका छन् । 

ब्लोदानका पूर्व केन्द्रीय सदस्य झनकराज ढुंगेल संयोजकत्वमा, ब्लोदान काठमाण्डौ अध्यक्ष जनक कुमार खड्का र तिलक अधिकारी सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थिायो । 

ब्लोदानले कोभिड महामारीका बीचमा पनि निरन्तर रक्तदान कार्यक्रमहरुको आयोजनामा सहजीकरण गर्ने र आवश्यक परेका बिमारीहरुलाई रक्त उपलब्ध गराउने कार्य गर्दै आएको छ । 

ravi rim al.jpg