नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुईदिनमा ८ जना लाई पक्राउ गरेको छ ।
बिहिबार दिउँसो नेपाली काँग्रेसका सांसद तथा नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई पक्राउ गरेको थियो । त्यसको २४ घण्टा नबित्दै थप ७ सहित कुल ८ जना नक्कली प्रमाणपत्रधारी आरोपित पक्राउ परेका हुन् ।
पछिल्लो पटक सीआईबीको कब्जामा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले चौधरीलाई शुक्रबार बिहान बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौंबाट पक्राउ गरिएको हो।
बिहीबार नै नक्कली प्रमाणपत्रको आडमा चिकित्सा क्षेत्रमा काम गरिरहेका रन्जितकुमार यादव, अमितकुमार यादव, रामबाबु यादव, एरिना यादव र पुनम थापा पक्राउ परिसकेका छन् ।
नेपालपत्र संवाददाता