रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गरेको छ। प्रिमियम मुल्य राखेर प्रतिशेयर २५७ रुपैंयाका दरले ९६ लाख कित्ता साधारण सेयर आवेदन मंगलबारदेखि खुला गरेको हो। शेयरका लागि साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ छ ।
इन्स्योरेन्सको जारी पुँजी ४ अर्ब छ। कम्पनीले यसको कुल ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने योजनाअनुसार १ करोड २० लाख कित्ता साधारण सेयरको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बेचेको छ। यस्तै ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
कम्पनीमा कार्यरत कर्मचारीका लागि भने कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले ६ लाख कित्ता सेयर बिक्री गर्नेछ।
बाँकी ९६ लाख कित्ता सेयर सार्वजनिक रुपमा सर्वसाधारणलाई प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १५७ प्रिमियम थप गरि २५७ रुपैयाँका दरले बिक्री गरेको हो।
कम्पनीको सेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल रहेको छ।