शहबाज खान/कपिलवस्तु
कृष्णनगर नगरपालिकामा कार्यरत पांचौ तहका कर्मचारी साकिर अहमद विरुद्ध एक करोड़ ५५लाख ७९ हजार ६१५ रूपयाको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार साकिर अहमदले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरुमा लगानी तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्च मध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्रकाे सम्पत्ति रहेकाे छ ।
याे मुद्दा साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम नुर जहाँ र साजन शाहलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार सरकारी सेवामा प्रवेश गरेको मिती २०४८/१०/१५ गते देखि २०७८/०६/३०को अवधिमा अहमदको आय एक करोड १६लाख ५३हजार ९५७ रुपया देखिएको छ। र व्यय तथा लगानी दुई करोड ७२ लाख ३३ हजार ६५२ रुपया देखिएको आय बाट निजको व्यय घटाउदा आएको रकम वैधानिक स्त्रोत नखुलेको आयोगले जनाएको छ।
Enter