लघुवित्त वित्तीय संस्थाहरुले नाफाको १ प्रतिशत ग्राहकको हितमा खर्च गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै लघुवितहरुले नाफाको १ प्रतिशत ग्राहकको हितमा खर्च गर्न भनेको हो ।
त्यसैगरी तघुवितहरुले १५ प्रतिशत भन्दा बढी लाभांश प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम अलग्गै ग्राहक संरक्षण फण्डमा राख्नुपर्ने छ । लघुवितले उक्त कोषमा जम्मा भएको रकम समस्यामा परेका ऋणीको व्यवसाय सुरक्षा एवम् पुर्नस्थापना गर्न,ग्राहकको शिक्षा र क्षमता विकास गर्न ,ग्राहकको सन्तानको शिक्षा र क्षमता विकास गर्न ,स्वास्थ्य तथा पोषण जस्ता सामुहिक हित हुने कार्यमा मात्र खर्च गर्न राष्ट्र बैंकले भनेको छ ।
\त्यसैगरी थोक कर्जा उपलब्ध गराउने लघुवितले उक्त कोषको रकम वित्तीय साक्षरता अभिवृद्धिका लागि खर्च गर्न सक्ने बैंकले जनाएको छ ।