बुधबार, भाद्र ३ गते २०८३

एनआईसी एशिया बैंकद्वारा बीमा सहितको निक्षेपअन्तर्गत २० लाख भुक्तानी

भाद्र ११, २०७८ शुक्रबार
एनआईसी एशिया बैंकद्वारा बीमा सहितको निक्षेपअन्तर्गत २० लाख भुक्तानी

 

एन आई सी एशिया बैंकले दुई जना खातावालालाई जनही रू. १०–१० लाख गरी बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठज्यूलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेकोहो । 

त्यसैगरी बैंकको कञ्चनपुर जिल्लास्थित पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटनापश्चात् मृत्यु भएकोमा पत्नी विनिता सुवेदी दुर्घटना बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएकोे छ ।

दुवै लाभग्राहीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहकले ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।