नेपालको सुदूर पश्चिम जिल्लाा डण्डेलधुराका किसान शहीद भिमदत्त पन्तले ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भनेर तत्कालीन सामन्तीशाहीलााई राम्रोसँग ललकार्नु भएको थियो । समाजका ठूला ठालु, जाली फटाहा र जातपता बिरोधी बिद्रोही किसान नेता भिमदत्त पन्तको षडयन्त्रपूर्ण ढंगले २०१० साला साउन १७ हत्या गरिएको थियोा । कृषि र किसानका समस्या हल गर्ने उनका उच्च आादर्शलाई परिपालना गर्न नसक्दा अहिलेसम्म पनि नेपाली किसान र कृषिका समस्या हल हुन सकेका छैनन् ।
कमरेड पुष्पलालले कम्युनिष्ट पार्टीमाथि राजाको मनोनित तत्कालीन माातृका सरकारले प्रतिबन्ध लगाए पछि किसान संघर्ष मार्फत कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनु भएको थियो । २००८ देखि २०१३ साालसम्म देशको तराई-मधेशको मध्यभाग, पाल्पा, भोजपुर, काठमाण्डौ उपत्यका लगायत देशका महत्वपूर्ण भागहरूमा तुफानी किसान तुफानी किसान आन्दोलन उठेको थियो । त्यसैबेलादेखि नै देशमा क्रान्तिकारी भूमिसुधार लागुगर, बिर्ताप्रथाा उन्मूलन गर, बास्तबिक किसानलाई जग्गाको मालिक बनाउ, मोहीयानी हक कायम गर, त्रि–भागा लागु गर, कुत बुझाएको भरपाई देउ, जालि तमसुक रद्द गर, किसानलाई सम्मान गर भन्दै चर्केको किसान आन्दोलनका बेला जाली र कीर्ते तमसुक च्यत्ने ‘तमसुक फट्टा आन्दोलन, किसानलाई सम्मानकासाथ सम्बोधन गर्न लागउने ‘जी’ आन्दोलन अत्यन्तै प्रख्यात र चर्चित आन्दोलन थिए ।
त्यसै किसान आान्दोलनका क्रममा किसानमाथी चर्काे शाेषणा गर्ने र दुःख दिने सामन्तहरूलाई घुम्ती जेलकाे हिरासतमा राखेर किसानहरूलाइ के कसरी दुःख दिने गरेकाे थियाे भनेर बयान लिने घुम्ती जेलका कमाण्डर र इञ्चार्ज क.नशिबलाल यादबलाई पनि ०१७ सालपछि कथित खुन-डाकाकाे झूटाे मुद्दामा, जेलकाे सजाय दिइएकाे थियाे । किसान भन्ने कम्युनिष्ट भनेर झूटाे मुद्दा लागेक कमरेड नशिवलालसँग भद्रगाेल जेलमा म समेत सात जना कमरेड पुष्पलालका अनुयायीहरूकाे भेट भएकाे थियाे । ८-९ महिनाकाे हनुमान ढाेका हिरासतकाे कठाेर पीडा झेलेर जेल पुगेका हामीहरूकाे उहाँले जेलमा स्वागत र सम्मान गर्नु भएकाे थियाे । भद्रगाेल जेलकाे तल्लाे भद्र समशेरकाे घाेडा तबेलाकाे पूर्ब पटीकाे माथिल्लाे तलामा कमरेड नशिबलालसँगै हामी एउटै काेठामा बस्न पुग्याैं । लामाे हिरासतमा बसेर पीडा भाेगेका हामी ७ जनालाई खलिफा कमरेड नशिवलालले तंग्र्याउने र स्वस्थ बनाउने उपायहरू पनि गर्नु भएकाे थियाे । पछि हामीले उहालाई एसएलसीसम्मकाे अध्ययन गरायाै र उहाँ बडाे मेहनत गरेर सफल पनि हुनु भयाे र जेलबाट निस्केपछि सिराहा भवानीपुरकाे एउटा प्रा.बि.मा शिक्षक भएर पनि काम गर्नु भयाे ।
पूर्बमा नशिबलालहरूले चलाएकाे किसान आन्दोलन जस्तै सुदूर पश्चिममा त्यस्तै तुफानी किसान आन्दोलन बीर र सहासी किसान नेता मिभदत्त पन्तले पनि चलाउनु भएकाे थियाे । उहाँले पनि शाेषक जालीहरूले बनाएका जाली तमसुक च्यात्ने र सामन्तहरूकाे भकारी फाेर्ने संघर्ष अघि बढाउनु भएकाे थियाे ।ती बीर शहीद नेपाली किसान आन्दोलनका महान् नेता भीमदत्त डडेल्धुराको अमरगढी नपा–२ कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते जन्मनुभएको थियो ।
भारतको उत्तरप्रदेश सिङ्हाइबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गर्नुभएका भीमदत्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । त्यसले नै उहाँमा राजनीतिक स्वभाव बढाएको बताइन्छ । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि किसान नेता पनि भीमदत्त पन्तलाई नै मानिन्छ ।
उहाले ‘ठालु खान्ना आलु, गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान पनि चलाउनुभएकाे थियाे । भीमदत्तको पन्तको ७० औ स्मृति दिवसमाा उहााँप्रति हार्दिक तथा उच्च स्मरणकासाथ नमन !