आइतबार, कार्तिक ९ गते २०८३

गन्थ्र इलेक्ट्रिक भेहिकल र कुमारी बैंकबीच सम्झौता, इलेक्ट्रिक स्कुटर खरिद गर्न शुन्य ब्याजदरमा ऋण प्रदान गर्ने 

श्रावण १७, २०८० बुधबार
गन्थ्र इलेक्ट्रिक भेहिकल र कुमारी बैंकबीच सम्झौता, इलेक्ट्रिक स्कुटर खरिद गर्न शुन्य ब्याजदरमा ऋण प्रदान गर्ने 


ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र कुमारी बैंकबीच सम्झौता भएको छ ।  एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत व्याज दरमा  तिन लाखसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने गरी सम्झौता भएको छ ।

जस अन्र्तगत कुनै पनि ग्राहकहरुले कुमारी बैंक ली. वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने छन् ।

एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य रु. २ लाख ६१ हजार ९९९ र एफ फाइब ए को मुल्य  २ लाख ९७ हजार ९९९ रहेको छ । एफ डि मोर्टर्स नेपालको स्कुटरमा प्रयोग भएको  ५ बिषेश बिषेशताका कारण र सो बिषेशताका बाबजुत पनी यसको मुल्य उत्कृष्ट भएर बजारमा सफल भइ रहेको छ ।