शुक्रबार, कार्तिक ७ गते २०८३

बिश्व बाघ दिवस प्राकृतिक सन्तुलन र पर्यावरण जोगाउने बिषय 


श्रावण १३, २०८० शनिबार
बिश्व बाघ दिवस प्राकृतिक सन्तुलन र पर्यावरण जोगाउने बिषय 


प्रत्येक बर्ष २९ जुलाईका दिनलाई बाघ संरक्षणका लागि जागरुकता बढाउने उदेश्यले« स्मरण गर्ने गरिन्छ । यो अन्तर्राष्ट्रिय बाघ दिवस हो । बाघलाई रोयल प्रजातिको जनावर मानिन्छ र बिभिन्न सँस्कृतिहरु ज्स्तो हिन्दू, बौद्ध सम्प्रदायमा यो जनावर पूजनीय पनि ठानिन्छ । बाघले कुनै पनि देशको पर्यावरणा र पर्यटनको माध्यमबाट राज्यलाई राजश्व पनि प्रदान गर्न पनि मद्दत गर्ने गर्दछ । तर यो प्रकृतिको महत्वपूर्ण जनावरलाई अबैध शिकार, अबैध ब्यापार तथा बन र बाघ आवास(ओडार) मा भएको नोक्सानीका कारणले समेत  बाघको संख्यामा निरन्तर कमी आइरहेका तथ्यांकहरु प्रकाशित  हुँदैछन् ।यस परिप्रेक्षमाा  बाघलाई बन्य जीव (संरक्षण) अधिनियम १९७२ को पहिलो अनुसूचि, अन्तर्राष्ट्रिय प्रकृति संरक्षाण संघको रातो सूचि(रेड लिस्ट)मा ‘बिलुप्त हुने संघारमा’ राखियो र  बन्य जीवजन्तुहरु तथा बनस्पतिहरुका लुप्तप्राय प्रजातिहरुको अन्तर्राष्ट्रिय ब्यापार अभिसमय(साइट्स) पहिलो परिशिष्टमा पनि राखिएको छ ।
यो जनावर बाघको संख्या घट्दै गएको सम्बन्धमा जागरुपता बढाउनका लागि आजभन्दा १३ बर्ष अघि सन् २०१०मा रुसको सेण्टपिटसबर्गमा भएको सम्मेलनमा १३ वटा देशहरुले भाग लिएका थिए । त्यो सम्मेलनले घोषणा गरेको थियो कि बाघको जनसंख्या भएका देशहरुमा २०२२ अर्थात गत बर्षसम्ममा बाघको संख्यालाई झण्डै दोब्बर बनाउने प्रयास गर्ने संकल्प गरेको थियो । बितेका केही बर्षमा बाघ तिनको निवासका वरिपरी रहने गरेका मानिसहरुका बीच परस्पर टक्करको संख्यामा बृद्धि भएको स्थिति सिर्जना भएको देखियो । अहिले यसलाई रोक्नका लागि गम्भीरतापूर्बक बिचार गरिनु पर्ने र निराकरणका उपायको खोजी गरिनु पर्ने थप आवश्यकता महसुश गरिन थालिएको  छ । हुन पनि बाघ संरक्षणका लागि हाम्रा अगाडि अनेक चूनौतिहरु पनि छन् । कतिपयले पैसा कमाउनका लागि बाघको शिकार गर्ने गर्दछन् । यतिबेला बिश्वभरीमा बाघहरु बस्ने प्राकृतिक निवासहरुको झण्डै झण्डै ९३ प्रतिशत जति स्थान मानिसहरुको अतिक्रमणले गर्दा नष्ट प्राय भइसकेको छन् । किनभने यतिबेला बन र घाँसे मैदानहरुलाई कृषि आवश्यकताका लागि उपयोग गर्ने कार्य धेरै नै बढेको छ। यसरी बाघका निवासरहरु र शिकारको स्थान साना भएका कारणले कतिपय बेला बाघले घरपालुवा पशुहरुलाई आफ्नो शिकार बनाउन थालेका छन् र त्यसको प्रतिरोधमा मानिसहरुबाट बाघ पनि प्रायः मारिन थालेका छन् ।

रुसको पिटसबर्ग सम्मेलनले   सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पु¥याउने प्रतिबद्धता नेपाालले जनाएको थियो। सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ। नेपालले उक्त सम्मेलनमा बाघको सङ्ख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी सङ्ख्याले बाघ बढाउन सफल भएको देखिएको छ ।

Tighers.jpg

त्यस गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ थिए। साथै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क रहेको छ। नेपालले पनि २०६७ देखियता बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ। नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्याङ्क छ। सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो।
    
यस सम्वन्धमा नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन्। विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो। त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार २००मा सीमित भएको थियो। त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ। सन् २०१६ को तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी भारतमा दुई हजार २२६ र सबैभन्दा कम लाओसमा दुई वटा बाघ थिए। 


नेपालमा बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन्। मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस दाउरा, निहुरो टिप्न र गाइभैँसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन्। उनीहरूलाई जङ्गल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रम पनि गर्दै आएको छ।

bagh diwas.jpg

हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुरलगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो पाँच वर्षमा २०० मानिसको मृत्यु भएको तथ्याङ्क छ। साथै क्षतिपूर्तिवापत सरकारले ६० करोडरुपैयाँभन्दा बढी रकम बेहोरिसकेको छ। वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् । त्यसमध्ये पछिल्लो पाँच वर्षमा मुलुकभर बाघबाट मात्र ५८ जनाको मृत्यु भएको तथ्याङ्क छ। आर्थिक वर्ष २०७९÷८० मा बाघको आक्रमणबाट १२, आव २०७८÷७९ मा २१, आव २०७७÷७८ मा १३, आव २०७६÷७७ मा आठ र आव २०७५र७६ मा बाघको आक्रमणबाट चारको मृत्यु भएको थियो।

विश्व जन्तुकोष नेपालका राष्ट्रिय प्रतिनिधि डा.घनश्याम गुरुङले मानव–वन्यजन्तु द्वन्द्व रोकथामका लागि जङ्गल वरपरका समुदायलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने बताए । उनले वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर ननिस्कने र स्थानीय बासिन्दालाई पनि वैकल्पिक आयको व्यवस्था गर्न सके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए।

बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिइन्छ। प्राकृतिक सम्पदाका रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पु¥याउँछ। खाद्य शृङ्खलामा बाघ मुख्य शिकारी वन्यजन्तु भएका कारणले अन्य जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ।
बिश्व बन्य जन्तु कोषका अनुसार बीसौ शताब्दीको आरम्भदेखिनै अबैध शिकार जस्ता गतिबिधिहरुमा  बाघको हिस्सा १५ प्रतिशत रहेको थियो ।यसरी १५ प्रतिशत बाघहरु बिलुप्त भएका थिए । बाघ जस्तो हि«ंसक मानिएको जनावरलाई किन संरक्षण गर्नु पर्ने रहेछ, प्रकृतिको सन्तुलन र पर्यावरणलाई दीगो राख्नका लागि यसको के महत्व रहेछ भन्ने कुरा बुझ्नका लागि आजको दिनले सबै सरोकारवाला निकायले जनतालाई बुझाउन सकुन् र प्रकृतिका अन्य रचनासँगको बाघको प्राकृतिक सम्बन्ध पूर्बबत कायम रहोस् भन्ने शुभकामना !