रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पु¥याउने उद्देश्यले सानिमा बैंक लिमिटेडलेबेनीघाट रोराङ गाउँपालिका, ताल्तीमा अवस्थित होङसी सिमेन्ट नारायणी प्रा. लि. उद्योगको परिसरमा ए.टि.एम. बुथको स्थापना गरेको छ । उक्त ए.टि.एम बुथको एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, सो उद्योगका जेनेरल मेनेजर छिङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठतथा बाग्मति प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरेका थिए ।
वडा अध्यक्ष हेमराज भुजेल तथा जेनेरल मेनेजर छिङ चाङ होङले यस गाउँपालिकामा बैंकिङ्ग सेवा विस्तार गरी वित्तीय पहुँच बढाउन सहयोग गरेका धन्यवाद दिएक थिए । त्यसैगरी बैंकका प्रमुख संस्थागत निक्षेप श्रीमती रमिला श्रेष्ठले यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी ए.टि.एम. स्थापना गर्न अवसर जुटाइदिनुहुने सम्पूर्ण सरोकारवालालाई दिइन । ए.टि.एम.को भरपूर उपयोग गर्दै यस क्षेत्रका बासिन्दा लाभान्वित हुने विश्वास व्यक्त गरिन । साथै, आगामी दिनमा पनि वित्तीय पहुँचका अन्य क्षेत्रमा पनि सहकार्य गर्दै जाने जानकारी गराए । बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।