बिकासको नाममा चलिरहेका अन्ध दौडको बिरोधमा मानिसहरुको जागरुपता बढ्दै गएको छ । तर पनि यस सम्बन्धमा सरकार र प्राबिधिक योजना निर्माताहरुको कानमा अझै पनि कुनै बतास लागेको देखिदैन । अनि प्रकृतिले रौद्ररुप लिदाँ जुन अपार जन धनको क्षति हुन्छ तब तिनले प्रकृतिको अगाडि कसको के लाग्छ र भन्ने बहाना बनाएर पञ्छिने गर्दछन् । तर तिनलाई प्रकृति अमैत्री गतिबिधि गर्ने र प्रकृतिलाई बिवश तुल्याउने अधिकार कसले दियो यो गम्भीर प्रश्न त उठ्छ नै ।
निश्चय नै आज बिश्व स्तरमै जलवायु परिबर्तनले आफ्नो क्रूर अनुहार देखाउन शुरु गरिसकेको छ । अपूर्ब गर्मी र ठूलो बर्षा हुनु र त्यसले बाढी पहिरो निम्त्याएर एकाएक र अप्रत्याशित जस्तो गरी धनजनको ठूलो क्षति हुनपुग्नु कम दुःखदायी कुरा होइन । यसरी आज प्रकृतिको क्रोध बढेको र मानिस त्यसको शिकार भएर असहाय जस्तो स्थितिमा पुग्नु कम चिन्ताको बिषय होइन । यो बढ्दो प्राकृतिक बिभिषिकाले पछिल्ला दिनहरुमा अझ भयावह रुप लिएको देखिदैछ ।
हुन त जलवायु परिबर्तन र त्यसको डरलाग्दो असरको भबिष्यबाणी त बितेको कयौ बर्षदेखि हुँदै आएको पाइन्छ । तर हिमालय जस्तो संबेदनशील र नाजुक पर्वतीय क्षेत्रमा बाटो, बिद्यूत र बाँध बनाउदा उचित र आवश्यक सावधानी लिइएको र भौगभिर्क स्थितिलाई ध्यानमा लिएको भने निकै कमै पाइन्छ भन्ने बिज्ञहरुले औंल्याउँदै आएका पनि छन् ।यसले गर्दा पर्बतीय पर्यटनको बिकासमा पनि ठूलो नकारात्मक असर परिरहेको या परिसकेको छ । यस्तो स्थितिमा सडक र बाँधहरु बनाउँदा बर्षातको पानीको क्षमता कति रहन्छ र त्यसले कुन कुन क्षेत्रमा गम्भीर असर पार्दछ भन्ने कुरामा आवश्यक ध्यान केन्द्रि भएको कमै पाइन्छ । त्यसले गर्दा प्रत्युत्पन्न भएको वा हुने बाढी र पहिरोको असरले कस्तो र कत्रो रुप लिने हो भन्ने र त्यसबाट जोगिने आवश्यक उपाय गर्ने संबेदनशील बिषयमा दूर दृष्टि पुर्याएको देखिदैन । जसको दुष्परिणाम डरलाग्दो हुने गर्दछ ।

बाँध, बाटो र बिद्यूत परिय बनाउने कुरामा हुने गरेको ठूलो लापरबाहीले बाढी र पहिरोलाई भयंकर रुप लिने स्थिति बिकसित हुन पुग्दछ भन्ने कुरा किन समयमै सोचिदैन ? किन गैर जिम्मेवार रहने क्रम नै प्राय दोहोरिने गर्दछ ? यी आजका गम्भीरतम प्रश्नहरु हुन् ।
बाँध, बाटो, बिजुली जुनसुकै बिकास पूर्बाधारका महत्वपूर्ण परियोजनाहरु निर्माण गर्दा त्यसबाट हुने भू–कटान हुने गर्दछ । खासगरी बाटो बनाउँदा पर्बतीय दृष्टिकोणबााट ‘कट एण्ड फिल’प्रबिधि अपनाउने गरिन्छ भन्ने ज्ञाता बिशेषज्ञहरु बताउँदछन् । उनीहरु त बिग्रदो पर्यावरण असन्तुलनलाई ध्यानमा राखेर बाटोको साटो अन्य बिकल्पतर्फ पनि सोच्नु पर्ने समेत औ.ल्यााउन थालेका छन् । उनीहरु भन्दछन् – बाटो त मानब बिकासको जीवन रेखा हो । तर त्यसले माानिसको जीवनलाई नै निल्ने स्थिति उत्पन्न हुन्छ भने कहाँ गडबडी छ त्यसबारेमा गम्भीर सोच बिचार जरुरी छ।
त्यसैले उनीहरु के सल्लाह पनि दिन थालेका छन् भने मूख्य सडकसँग जोडिने सहायक मार्गको साटो अब ‘रज्जु मार्ग’को एउटा राम्रो बिकल्प हुनसक्दछ । अहिलेसम्म त यस्ता बिकल्पहरु पर्यटनलाई आकर्सित गर्ने साधारण माध्यम मात्र बन्ने गरेको देखिन्छ । केवल कारको प्रचलन पनि ठाउँठाउाँमा हुदैछ र यसको अझ बिस्तार गर्न सके बाढी पहिरोका कारण मूल बाटोहरु भत्किन सहयोग पुग्ने सहायक मार्गको बिकल्प बन्न सक्छ र प्रकृतिमाथिको जथाभावी दोहन रोकिन सक्छ भन्ने पनि बिमर्श प्राबिधिक ज्ञाताहरुको स्तरमा चल्दैछ । यसको लागि दीगो र दूरदर्शी नीति तथा प्राबिधिकरुपले बस्तुगत धरातल सुहाउदा परियोजनाहरु निर्माण गर्न तिर ध्यान केन्द्रित हुनु अत्यावश्यक छ भन्ने उनीहरुको निष्कर्श छ।
समस्याले उग्ररुप लिन थालेपछि हिमालय जोगाउन प्रकृति–मैत्री विकास परियोजना परिचालन गरिनु पर्ने कुराकानी चल्छन्, यस सम्बन्धि अध्ययन पनि गराइन्छ । प्रतिबेदन पनि आउादछन् र धेरैजसो मननीय र प्रभावकारी सुझावहरु पनि आएका हुन्छन् । तर तिनलाई दराजको शोभा बनाएर राखिन्छन् । यस्ता बेवास्ताकारी गतिबिधिले समस्याको सही समाधान गर्न कीमार्थ मद्दत गर्दैन । परिणाम त्यसको बिपरी आउँदछ । त्यसैले हिमालय बचऔं, देश बचाऔं जनताको भबिष्य सुरक्षित राखौ भन्ने यथार्थलाई हृदयंगम गरेर हाम्रा देशका ६ हजार ठूला साना नदी नालाहरुमध्येमा कयौंको उद्गम या मुहान पनि प्रायः हिमालय क्षेत्र नै हो । त्यसैले यी सबै कुरालाई मध्यनजर राखेर ८३ प्रतिशत पर्बतीय क्षेत्रको प्रकृति–मैत्री बिकास नमूना के हुन सक्छ त्यतातर्फ सर्बाधिक र राष्ट्रियरुपमाा ध्यान दिन अत्यन्तै जरुरी छ । हामी बिश्वको सर्बोच्च शीखर हिमालय पर्बत क्षेत्रका बासिन्दा भएकाले पनि यो हिमाललाई जोगाउन हिमाल, पहाड र तराईकोा सन्तुलित सही बिकासको बाटो अपनाउन पनि यो हिमाल क्षेत्रको संरक्षण, सम्बर्द्धन र यसको शतत निरन्तरताका लागि बिकासको ठोस र बस्तुबादी नीति अख्तियार गर्न बिलम्ब गर्नु नहुने एकदमै प्रष्ट छ।
अन्यथा हिमालय क्षेत्रमा हुने पर्याबरणीय असन्तुलनले हाम्रो देश र हिमालय पर्वत मालाको पूरै क्षेत्र नराम्ररी आक्रान्त हुने र त्यसको दुष्परिणाम भोग्न बाध्य हुने स्थितिलाई रोक्न सकिने छ्रैन । बेला नभिड्किदै सोचेमा नौ गुणा क्षतिबाट बच्न सकिन्छ भन्ने उखानलाई सम्झौं !