काठमाण्डौ । नेपाली जन आन्दोलन खाशगरी बर्गीय शोषण र सामाजिक उत्पीडन अन्त्य गर्ने क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका माक्र्सबादी पथ प्रदर्शक, कम्युनिष्ट पार्टीका संस्थापक शीर्ष नेता,बाह्य हस्तक्षेप र अतिक्रमण बिरुद्ध सचेत, संगठित र संस्थागत बिरोधको आरम्भ गर्ने राष्ट्रिय ब्यक्तिव तथा देश र जनताप्रति कस्तै कठिन घडीमा पनि अबिचलितरुपमा सिद्धान्त निष्ठाकासाथ समर्पित भावले डटिरहने कमरेड पुष्पलालको खोजी यो बर्ष उहाँको ४५औं स्मृति दिवसको अवसरमा निकै चिन्ताका साथ ब्यापकरुपमा गरियो ।
नेपाल र नेपाली जनताका समस्याहरुको एमआरआई गर्ने र ती समस्याको बस्तुवादी र सार्थक उपचार खोज्ने अनि त्यसका निम्ति जीवनपर्यन्त अबिश्रान्त र रुपमा लाािगरहने दूरदर्शी राष्ट्रिय नेतालाई यसरी उच्च सम्मानकासाथ सम्झनु, श्रद्धा प्रकट गर्नु र बिगतका उहाँबिरुद्धका फत्तुर र अनर्गल लाञ्छनाप्रति पश्चातापको भाव प्रकट गर्नु आफैमाा निकै सकारात्मक कुरा हो ।

हुन पनि कमरेड पुष्पलालले नेपालका सामन्तबाद र साम्राज्यबादसँग जाेडिएका गम्भीर र ज्वलन्त राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याहरु औंल्याउनु भएको थियो र तिनको समाधानमा नेपाली जनताको सचेत, संगठित र सक्रिय एबं साहसिक संघर्षको आबश्यकता औंल्याउनु भएको थियो । त्यस प्रकारको सार्थक क्रान्तिकारी उपचार हुन नसकेर कम्युनिष्ट आन्दोलनमा आन्तरिक र बाह्य दुबै कारणले आएको घोर दक्षिणपन्थी र बिचलनकारी बामपन्थी भड्काउहरुले गर्दा बिकृति र बिसंगति ब्यापकरुपमा बढेको र जनतामा जुन निराशा, छाइरहेको, राष्ट्रिय संकट अझ बढ्दै गएको र नेपाल नेपाली जनताको बर्तमान र भबिष्यमााथि नै अझ बढी खतरा मडारिइ राखेको छ यो असाधारण तीतो यथार्थलाई गम्भीररुपमा चिन्तन मनन गरेर अग्रसर नहुने हो भने देश देशी बिदेशी प्रतिकृयाबादी शक्तिको परेड मैदान हुने र जनता र राष्ट्रको भबिष्य घोर अन्धकार सुरुङ्रगमा फस्ने संघारमाा पुग्न थालेको कटु बास्तबिकता आज खडा हुन पुगेकोले परिबर्तनकामी सम्पूर्ण शक्ति एक हुनु र नेपााली जनतामा आधारित भएर अघि बढ्नुको कुनै बिकल्प नभएको निष्कर्श कमरेड पुष्पलालको ४५औं स्मृति दिवसका बेला निकालिनु आशाप्रद र उत्साहबद्र्धक कुरा हुन आएको छ ।
यस सन्दर्भमा साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीको आयोजनमा कोटेश्वर,कालिञ्चाेक खड्का पार्टी प्यालेसमा सम्पन्न 'कमरेड पुष्पलाल र बर्तमान कम्युनिष्ट आन्दाेलन' बिषय बिचार गाेष्ठीमा क. पुष्पलालकाे ४५ स्मृति दिवस कार्यक्रममा बिशिष्ठ अतिथिकोरुपमा बोल्नु हुँदै क.पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य तथा कमरेड पुष्पलालका कान्छा भाइ बिजयलाल श्रेष्ठले कम्युनिष्टको नाममा भइरहेका देश र जनताका हित बिपरीतका गतिबिधि र पतनोन्मुख चरित्रले पुष्पलाल र कम्युनिष्ट आन्दोलन दुबैलाई घोर बदनाम गरिरहेको औल्याउनु भएको थियो । उहाँले पुष्पलाल नेपाली क्रान्तिका धरोहर एक दूरदर्शी, अध्ययनशील, सहासी र संघर्षशील अनि कहिल्यै नथाक्ने देश र जनताप्रति शतत समर्पित ब्यक्तित्व भएको औंल्याउनु भएको थियो ।

अर्का बिशिष्ट बक्ता तथा पुष्पलाल जन्म शतबार्षिकी समारोह समितिका अध्यक्ष, बनारसमा लामो समयसम्म कमरेड पुष्पलालको निकटमा रहेर काम गर्नु भएका ब्यक्तित्व शिव भटराईले क. पुष्पलालको सिद्धान्त निष्ठा र कार्यनीतिक लचकता, ब्यक्तिगत स्वार्थबाट मुक्त एक अबिस्मरणीय र अहिले पनि पथप्रदर्शनकारी भएको कुरा प्रष्ट पार्नु भएको थियो । उहाँले आजका नेपाली यूवाहरुले कमरेड पुष्पलालको जीवन र कर्मबाट सिक्नुपर्ने आग्रह पनि गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षको आशनबाट बोल्नु हुदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा क.पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य सचिव क. लोकनारायण सुबेदीले कमरेड पुष्पलालको बाटो लाग्दा नेपालमा परिबर्तन आएको र उहाँको बाटोबाट बिचलित हुँदा देशमा बिकृति र बिसंगति छाएको तथा देश र जनता संकटमा परेको यथार्थ औल्याउनु हुँदै देशको मूख्य उत्पादक शक्ति जनबादी आन्दोलनको मेरुदण्ड किसानलाई सामन्ती, नब सामन्ती र नब औपनिवेशिक शोषणबाट मुक्त गर्ने कुरामा केन्द्रित नभई नेपालका राष्ट्रिय समस्या हल नहुने कृरा पनि यस सन्दर्भमा प्रष्ट पार्नु भएको थियोा ।

अथिति बक्ता राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक नारायण शर्मा पौडेलले क.पुष्पलालका बारेमा जसरी अनर्गल दुष्प्रचार गरियो र उहाँको बाटो छोडियो त्यसले कम्युनिष्ट आन्दोलनलाई नोक्सान पुर्यायो, बिकृति बढायो भन्ने कुरा ब्यक्त गर्नु हुँदै सबै क्रान्तिकारीहरु एक भएर पुष्पलालको बिचारलाई नयाँ उच्चाईमा लैजानुको कुनै बिकल्प छैन भन्नु भयो ।
त्यसरी नै अर्का अतिथि बक्ता माार्क्सबादी एकता अभियानका संयोजक क. डा.शम्भू कट्टेलले बोल्नु हुँदै क. पुष्पलालका बिचारलाई पक्रिएर सही किसिमले ग्रामीण किसान जनताका बीचमा काम गर्ने हो भने कम्युनिष्ट आन्दोलनको भबिष्य उज्जल हुने धारणा राख्नु भयो ।
अर्का अतिथि बक्ता नेपाल कम्युनिष्ट पार्टी (रातो तारा)का महासचिव क.लक्ष्म्ण उप्रतिले दक्षिणपन्थी संशोधनबादी र उग्रबामपन्थीहरुले पुष्पलालको ब्यक्तित्वलाई धुमिल पार्न गरेको दुष्प्रचारको पर्दाफास भइसकेको छ । अब उहाँको बिचारलाई आजको सन्दर्भमा दृढताकासाथ पक्रेर अघि बढ्नुको बिकल्प छैन भन्ने भावना ब्यक्त गर्नु भयो ।
क.पुष्पलाल जन्म शतबर्षिक समारोह समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका कोषाध्यक्ष क. सीता सुबेदीले उपस्थित सबै अतिथि कमरेडहरुको स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन क.पुष्पलाल जन्म शतबार्षिकी समाारााेह समिति सदस्य तथाा नेकपाका केन्द्रिय सचिवालय सदस्य बद्री अधिकारीले गर्नु भएको थियो ।
कार्यक्रमकाे बीचमाा इञ्जिनियर कबि सन्तोष कुमार पोखरेलले बिग्रेका कम्युनिष्टहरुको आचरण चरित्र उजागर गर्दै बिचलनकारी प्रबृत्तिका बिरुद्ध घोर असन्तुष्टी प्रकट गर्दै प्रगतिशील कबिता सुनाउनु भएको थियो ।
कार्यक्रमको शुरुमा देशको जनतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने महान शहीदहरु तथा कमरेड पुष्पलालको सम्मानमा एक मिनेट मौन धारणा र कमरेड पुष्पलालको तस्वीरमाा रातो फूल र अबिर अर्पण गरिएको थियो ।