अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन् । चालु आर्थिक वर्ष २०८०।८१ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले ब्याजदरमा खुकुलोपन अंगीकार गरेको उल्लेख गरे । रुपन्देहीमा एक पत्रकार सात्क्षात्कारमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन् ।
आईतवार सार्वजनिक भएको मौद्रिक नीतिले अपनाएको लचिलो नीतिले निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने उनले अपेक्षा गरे । वित्त नीति र मौद्रिक नीति दुवैको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने भएको भन्दै मूल्यलाई एउटा तहमा राख्न कोशिस गरिएको जनाए ।
नेपालपत्र संवाददाता