नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता तथा पथप्रदर्शक कमरेड यसपुष्पलालाको ४५औं स्मृति दिवसको अवसरमा एक बक्तब्य प्रकाशित गर्दै नेपाल कम्युनिष्ट पार्टीले कमरेड पुष्पलालको उच्च सम्मानकासाथ स्मरण गरेको छ। नेपालको इतिहासलाई नै नयाँ मोड दिने र शोषित पीडित श्रमजीवी जनताको मुक्ति प्रगति र प्रतिष्ठाको खोजी गर्ने उहाँको कदम हो भन्ने उल्लेख गर्दै बर्गीय शोषण सामाजिक उत्पीडनबाट नेपाली समाजलाई बाहिर निकालेर नेपााली जनताको सुनिश्चित र सुन्दर भबिष्य निर्माणमा रहेका बाधाहरु हटाउन उहाँको अतुलनीय भूमिका रहेको र आन्दोलनलाई सही दिशा दिने अथक कोशिश गरेको कुरा पार्टीका अध्यक्ष लोकनारायण सुबेदीद्वारा जारी वक्तब्यमा उल्लेख छ । प्रेषित बक्तब्यमा भनिएकाे छ :
‘‘कमरेड पुष्पलालकाे ४५औं स्मृति दिवसमा उच्च सम्मानकासाथ नेपाल कम्युनिष्ट पार्टी यस पार्टीको स्थापना गर्ने र नेपालको इतिहासलाई नयाँ मोड दिने शोषित पीडित श्रमजीवी नेपली जनताका मुक्ति, प्रगति र उच्च प्रतिष्ठाका मार्गदशक कमरेड पुष्पलालको ४५औं स्मृति दिवसको उपलक्षमा उहाँप्रति सम्पूर्ण शोषित पीडित नेपाली श्रमजीवी जनताको तर्फबाट उच्च सम्मानकासाथ स्मरण गर्दै क्रान्तिकारी अभिवादन प्रकट गर्दछ । यस महत्वपूर्ण अवसरमा कमरेड पुष्पलालले अघि सार्नु भएको र मार्क्सवाद, लेनिनवाद र माओ विचारधाराको सुदृढ जगमा बिकसित गरिएको सामन्तबाद र साम्राज्यबाद बिरोधी आन्दोलनको क्रान्तिकारी मार्गदर्शनलाई दृढताकासाथ अंगीकार र आत्मसात गर्दै तथा बर्गीय शोषण र सामाजिक उत्पीडनमा परेका अत्याधिक ठूलो नेपाली जन समुदायमा आधारित भएर पार्टीको सुदृढीकरण गर्दै उहाँले अघि बढाउनु भएको बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलनको सही कार्य दिशामा दत्तचित्त भएर लाग्न पुनः प्रण गर्दछ र निरन्तर यसको पहल गर्न र यसलाई तार्किक निष्कर्शमा पुर्याउन अग्रसर भइरहन्छ ।

यस सन्दर्भमा खाशगरी देशको मूख्य उत्पादक र जीवनदायिनी शक्ति किसानमाथि केन्द्रित हुदै र उनीहरुले भोगेका चौतर्फी समस्याको समाधान खोज्दै तथा राष्ट्रिय पूँजीको निर्माण र आत्मनिर्भताको सही दिशामा अग्रसर हुँदै राष्ट्रियता, जनतन्त्र र जनजीबिका समस्या हल गर्ने कार्यमा अघि बढ्नका लागि सामन्तबाद, भारतीय एकाधिकार पूँजीवाद र बिश्व साम्राज्यबादको शोषणलाई टिकाइराख्ने सामन्ती दलाल नोकरशाही पूँजीवादी शोषक सत्ताको उत्पीडनबाट देश र जनतलाई मुक्त गर्न अबिरामरुपमा यस अग्रगामी संघर्षमा लाग्न नेपाल कम्युनिष्ट पार्टी संकल्पबद्ध छ र आम श्रमजीबी नेपाली जनताका सबै तह र तप्कालाई अझ बढी सचेत, संगठित र संघर्षशीलरुपमा यस आन्दोलनमा एकाबद्ध हुन नेपाल कम्युनिष्ट पार्टी जोडदार आह्वान गर्दछ । क्रान्तिकारी अभिबादनकासाथ ! सम्पूर्ण शोषित पीडित श्रमजीवी जनता एक होऔं ! संयुक्त जन आन्दोलन जिन्दबाद ! क. पुष्पलाल अमर रहुन् ! नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद !’’