शनिबार, आश्विन १७ गते २०८३

दुर्गन्ध फैलिन नदिने भए पछि फोहोर डुवानी अबरोध खुल्यो 


श्रावण ४, २०८० बिहीबार
दुर्गन्ध फैलिन नदिने भए पछि फोहोर डुवानी अबरोध खुल्यो 

काठमाडौं । दुर्गन्धका कारणं उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध दुर्गन्ध फैलिन नदिने सहमति भएपछि  हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै आन्दोलन रोकिएको र अबरोध खुलेको छ ।

यो मौखिक सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ । गएरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको बताइएको छ । यो काम आज सकिए आजैदेखि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान पाउने ककनी गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले जानकारी दिएका छन् ।

फोहरका कारण दुर्गन्ध फैलिँदा र  झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका र फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए । दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका बताइएको छ । यसअघि पनि काठमाण्डौ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाएर फोहर छोप्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै गएको साउन १ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन शुरु गरेका थिए ।
फोहोर ब्यवस्थपान जस्तो संबेदनशी कुरामा संघीय र स्थानीय सरकार तथा जनप्रतिनिधि लगायत  सरोारवाला सबै जिम्मेवार भएर काम गर्नु पर्ने देखिन्छ ।