शनिबार, आश्विन १७ गते २०८३

गाडीले धक्का दिदा छिरूवामा एक बालककाे मृत्यु

श्रावण २, २०८० मंगलबार
गाडीले धक्का दिदा छिरूवामा एक बालककाे मृत्यु

फिक्कल, इलाम । अन्तु डाडाको नजिकै छोटी भन्सार छिरुवा भन्ने सर्योदय नगरपालिका वडा नम्बर ४ मा आज एकजना  करीब दुइ बर्षको बच्चालाई एउटा गाडीले धक्का दिदा ठाउँको ठाउँ मृत्यु हुन पुगेको छ ।

रियल रिजाल नाम बरेको त्यो मृतक बालकलाई जिजु हजुर आमाले काखमाा लिइराखेको छ भने बालककी आमा बेहोस् बनेर चिच्याइरहेको कारुणिक दृष्य छ । मृतक बालकका बाबु धिरज रिजाल फिक्कलबाट घर फर्कदै गर्दा फिक्कलको मालम भन्ने ठाउँमा  आइपुग्दा बच्चा दुर्घटनामा परेर बितेको कुरा मोबाइलबाट सुनेको र आफलाई अरु केही थाहा नभएको बताइरहेका छन् ।

balakdead2.jpg

उनले आफ्नो बच्चा जस्ताको तस्तै पाउनु पर्छ अरु केही कुरा थाहा छैन भनिरहेका छन् । उनलाई उनका एकजना साथीले सम्हालिरहेका छन् । बालकको शब हेर्न नसकिने स्थितिमा रहेको देख्ने बटुवाहरुले बताएका छन् । 

balakdead.jpg
दुघृटना भएका ठाउमा वडाध्यक्ष श्रवण राई र स्थानी प्रहरी चौकीका प्रहरीहरु पनि पुगिसकेका छन् र घटनाको बारेमा छानबिन गर्दै रहेका छन् । बाटोमा जम्मा भएका स्थानीयहरुले पीडित परिवारलाई क्षातिपूर्ति र राहत दिन सरकार र सम्बन्धित सरोकारवालाहरुसाग माग गरिरहेका छन् । दुर्घटना गराउने गाडी पक्रिसकेकाे बताइएकाे ।