१राष्ट्रिय क्रान्तिकारी मोर्चाको असार २९ गते काठमाण्डौमा बसेको बैठकले कार्यदलद्वारा खेश्रा गरिएको अबधारणा, आचारसंहीता र कार्यबिधि ब्यापक छलफलका साथ महत्वपूर्ण सुझाब दिदै पारित गरेको छ । अब कार्यदलल ती आवश्यक र महत्वपूर्ण सुझाब सहीत परिमार्जन गरेपछि बैठकमा प्रस्तुत भए पछि समय निर्धारण गरी त्यसलाई सार्बजनिक गरिने जनाइएको छ । मोर्चाका संयोजक नारायण शर्माको अध्यक्षतामा बसेको बैठकको आरम्भमा नेपाली जन आन्दोलनका महान शहीदहरुप्रति उच्च सम्मानकासाथ १ मिनेट मौन धारणा गर्दै बेपत्ता पारिएका नेपालका नागरिकहरुको पनि हार्दिक स्मरण गरिएको थियो ।
२. मोर्चाको यो बैठक मुख्यतः मोर्चाको अवधारणा र आचारसंहिता–कार्यविधि पारित गर्ने अन्तिम छलफलकै लागि बसेको हुनाले लामो समयका पटकपटकका छलफलमा आएका सुझावहरुलाई समेट्दै परिमार्जन, पुनः परिमार्जन गर्दै परिमार्जन अन्तिम मस्यौदामा छलफल गर्न सहभागी सबै घटक–सदस्यहरुद्वारा पूर्ण सकृयता र गहन जिम्मेवारी बोधका साथ व्यापक, विस्तृत, व्यवस्थित र बुँदागत रुपमा विहङ्गम छलफल गरियो ! छलफलमा आएका सबै तर्क, तथ्य र अडानहरुलाई उच्च सम्मान गर्दै देस, जनता र क्रान्तिप्रति गम्भीरतम जिम्मेवारी बोध गरी अधिकतम समझदारी गर्ने प्रयास गर्दै प्राप्त भएका सही, आवश्यक र महत्वपूर्ण सुझावहरुलाई समावेश गर्ने गरी प्रस्तुत मस्यौदालाई सर्वसम्मत रुपमा पारित गर्ने अत्यन्त दूरगामी महत्वको एक ऐतिहासिक निर्णय गरिएको मोर्चाको बिज्ञप्तिमा जनाइएको छ ।
३. मोर्चाको यस अघिको बैठकले नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको ४५ औं स्मृति दिवसका सन्दर्भमा आगामी श्रावण ८ गते “वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र पुष्पलाल “ विषयक अन्तर्कृया भव्य र दिव्यरुपमा सम्पन्न गर्ने निर्णय गरे अनुसार सो कार्यक्रमको स्थान र समय निश्चित गरियो । यस अनुसार सो कार्यक्रम काठमाडौंको मीनभवन स्थित थाहा पुस्तकालयको सभाहलमा ११.३० मा सुरु गर्ने निर्णय गरियो र कार्यक्रमको ब्यानर बनाउने, अतिथिहरु निश्चित गर्ने र बोलाउने जिम्मा केही जिम्मेवार सदस्यहरुलाई दिने निर्णय गरियो ।
४. मोर्चाका एक जिम्मेवार घटकका तर्फबाट विगतको हाम्रो बैठकको कुनै विषयलाई लिएर प्रस्तुत गरिएको असहमतिपत्रलाई पैरवी, पक्षपोषण र पुष्टि गर्ने पक्ष स्वयं नै अनुपस्थित भएकोले छलफल एकपक्षीय हुने हुनाले त्यसो नगरी उहाँहरुलाई ब
ैठकमा उपस्थित हुन अनुरोध गर्ने निर्णय गरियो ।
५. पारित अवधारणा र आचारसंहिता–कार्यविधिलाई अन्तिम परिमार्जन गरिसकेपछि यसलाई मोर्चामा आवद्ध भएका र हुन चाहेका सहधर्मी शक्ति, संस्था, समूह र व्यक्तित्वहरुकहाँ आवद्धताको सुनिस्चितताको लागि अनुरोध गर्दै पठाई उहाँहरुको अन्तिम निर्णय अनुसार आवद्ध शक्ति, संस्था, समूह र व्यक्तिहरुको नामावली र हस्ताक्षर सहित अब बस्ने बैठकको निर्णयद्वारा एक आकर्षक कार्यक्रममार्फत मोर्चाको यो अवधारणा र आचारसंहिता–कार्यविधिलाई सार्बजनिक गर्ने बिज्ञप्तिमाा जनाइएको छ ।