काठमाण्डौ । लामो समयदेखि बिमारी भएर उपचाररत रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको आज बिहान ८.३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ । उनी ६९ बर्ष पुगेकाे थाहा भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)की केन्द्रिय सल्लाहकार पनि रहेकी सीता दाहाल नेकपा(माओबादी)ले चलाएको सशस्त्र संघर्षको बेला पनि राजनीतिमा सक्रिय थिइन् ।

यस अघि नै छाेरी ज्ञानु र छाेरा प्रकाशकाे समेत देहाबसानकाे दुःख प्रचण्ड दम्पत्तिले बेहाेर्नु परेकाे थियाे । यतिबेला प्रचण्डले पत्नी बियाेग बेहाेर्नुपर्ने स्थिति उत्पन्न हुन पुगेकाे छ । देहाबसान भएकी सीता दाहालप्रति नेपाल पत्रकाे तर्फबाट श्रध्दा सुमन तथा उहाँका पति प्रचण्ड लगायत परिवारका अन्य सदस्य तथा आफन्त जनमा गहिराे समवेदना !
दिबंगत सीता दाहालकाे पार्थिब शरीर श्रध्दाञ्जलीका लागि बिहान ११ बजेदेखि नेकपा(माओबादी केन्द्रकाे) केन्द्रिय कार्यालय पेरिष डाडा, काेटेश्वरमा राखिने र दिउसाे २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीकाे शाेक बक्तब्य
यसै बीच आजै एक शाेक बक्तब्य दिदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लाेकनारायण सुबेदीले प्रचण्डकी सहधर्मिणी एबं नेकपा((माओबादी केन्द्र)की केन्द्रिय सल्लाहाकार क. सीता दाहालप्रति श्रध्दा सुमन ब्यक्त गरेकाे छ र शाेक सन्तप्त प्रधानमन्त्री प्रचण्ड लगायत उहाँकाे परिवार तथा मित्रहरूमा समवेदना प्रकट गरेकाे छ ।

नेपालपत्र संवाददाता