बुधबार, भाद्र ३ गते २०८३

कागज झोला दिबसको कुरा : पर्यावरण संरक्षणको कुरा 


आषाढ २७, २०८० बुधबार
कागज झोला दिबसको कुरा : पर्यावरण संरक्षणको कुरा 

आजको बिश्वको जन जीवनमा प्लास्टिका झोलाहरुको साटो कागजका झोलाहरुको उपयोगप्रति जागरुकता बढाउने उदेश्यले बिश्व स्तरमै हरेक बर्ष १२ जुलाईका दिन ‘बिश्व कागज झोला दिवस’ मनाउन थालिएको छ  । बास्तवमा प्लास्टिकका झोलाहरुको पर्यावरणमाथि अत्यन्तै प्रतिकूल प्रभाव पर्दछ  र यसलाई सर्बाधिक हानीकारक बस्तुहरुमध्येमा एक मानिन्छ । सिंगल यूज प्लाटिकका झोलाहरु सहजै किसिमले रिसाइकिल पनि हुदैनन् । आज यी प्लास्टिकहरु सडकमा  दुर्गन्ध फैलाउने कारण मात्र बनिरहेका छैनन् समुद्र र नदीहरुमा पनि प्रदूषणका सबैभन्दा प्रमुख कारण बनिरहेका छन् । जमिनमा यी प्लास्टिक गल्न पनि लामो समय लाग्दछ र यसले माटोको उर्बरता पनि कम तुल्याउँदछ । तर कागजका झोलाहरु सजिलैसँग नष्ट हुन्छन् र ‘बायोडिग्रेडेबल’ हुनेहुनाले प्रदूषण पनि तिनले फैलाउँदैनन् । कागजका झोलाहरु सजिलैसँग रिसाईकल हुने हुनाले तिनलाई बिभिन्न रुपमा ढालेर पुनः उपयोग गर्न सकिने सामाग्री बन्दछन् । प्रष्ट छ प्लास्टिकका झोलाहरुलाई नियन्त्रण गर्न र प्रदुषण घटाउन तथा बढ्न नदिनका लागि कागजका झोलाहरु उपयोगी छन् । यसले पर्यावरण सन्तुलन राख्न र प्रदुषण हुन नदिन पनि धेरै हदसम्म मद्दत पुग्दछ ।
 अर्कोतिर प्लास्टिक झोलाको तुलनामा कागजका झोलाहरु रिसाइक्लिंग गर्न कम  ऊर्जाको आवश्यकता  पर्दछ । बेग्लाबेग्लै रंग र आकारका कागजका झोलाहरु हेर्न पनि आकर्षक लाग्दछन् नै ती पर्याबरण–मैत्री र हितैषी हुन्छन् । यसका अतिरिक्त कागजका झोला बनाउन लागत पनि बहुतै कम लाग्छ । त्यसैले सानो तिनो पूँजी भएकाहरुकाक लागि यसको उत्पादन र ब्यापार गर्ने स्वर्णिम  अवसर पनि रहेको छ । बास्तवमा खाशगरी शहरी क्षेत्रहरुमा  प्रतिष्ठित ब्राण्डका अतिरिक्त किराना पसल, मिठाई पसल, बेकरी, कपडाका पसल, गरगहना भण्डार, स्न्याक्स भण्डार, आदि स–साना क्षेत्रका काराबार गर्नेहरुका लागि पनि अब कागजका झोलाहरुको उपयोग हुन थालेको छ । त्यसैले यस बारेमा आम जनताको चेतना अभिबृद्धि गरेर कागज झोलको प्रयोगलाई प्रोत्साहन गर्नु समयको माग नै बनेको  छ । हुन त आज बिश्वभरी नै करोडौं करोड मानिसहरु प्लाष्टिक झोलाको उपयोग छोडे कागजको झोला प्रयोग गर्ने तर्फ लागिसकेका छन् र तिले हरेक बर्ष १२ जुलाईका दिन ‘बिश्व कागज झोला दिवस’ मनाएर यस सम्वन्धमा जन चेतना जगाउन अभियान पनि चलाउन थालेका छन् र उनीहरु यो एक दिन दिवस मनाउने ुरा मात्र होइन दैनिक ब्यवहारमा  कागज झोलाको प्रयोग बढाउन पर्ने कुरामा पनि जोड दिइरहेका छन् । 

high-quality.jpg
 प्लाष्टिकका बस्तुहरु निमाण गर्नको साटो अब कतिपय देशले कागजका झोला, प्लेट, बाटा, लगायतका सामाग्रीहरु बनाएर करोडौंको निर्यात पनि गर्न थालेका छन् र कागजका बिबिध सामाग्रहरुको ठूलो बजार पनि बिकतिस हुन थालेको  छ। एक सूचनाका अनुसार भारत नै अब कागज ब्याग लगायत अन्य उपयोगी सामाग्री बनाएर निर्यात गर्ने देश बनेको छ र बार्षिक ४ प्रतिशतभन्दा बढी कागजको ब्यापार बढेको छ । भनिदैछ कि आगामी  यो चालु बर्षदेखि २०३० सम्ममा कागज झोलाको ब्यापार १२ बिलियन डलरसम्म पुग्न सक्नेछ । शतप्रतिशत रिसाईकल हुने हुनाले कागज झोलालाई मलखाद बनाउनका  पनि प्रयोग गर्न सकिने बताइन्छ । घरेलु तथा अन्य जनावर र जीवजन्तुका लागि कागज प्लाष्टिक जस्तो हानीकारक पनि छैन । यो तुरुन्तै सड्ने र बिषाक्त पदार्थ नभएका कारणले पर्याबरण अनुकूल पनि छ ।
 यो कागजको झोलाको इतिहासको कुरा गर्दा १८५२ मा एकजना अमेरिकी आबिष्कारक घंसिस बोलेले पहिलो कागज झोला बनाउने मेसिन खडा गरेका थिए र त्यसको प्याटेण्ट गराएका थिए । त्यसपछि १८७१ म मार्गरेड ई. नाइटले एउटा यस्तो एउटा मेशिनको डिजाइन गरे जसले फ्ल्याट–बटम कागज झोला उत्पादन गर्न सक्तथ्यो । उनले बनाएको कागज झोलाको उपयोग किराना पसलहरुमा बढीभन्दा बढी हुन थाल्यो । त्यसैले ती महिलालाई ‘किराना पसला झोलाकी आमा’ भन्ने संज्ञा पनि दिइएको थियो । पुनः १८८३ माा  चाल्र्स स्टिलवेलले अर्को एउटा यस्तो मेसिनको आबिष्कार गरे जसले चारकुने आकार भएको कागज झोला बनाउन सक्तथ्यो । त्यसलाई पट्याउन र राख्न पनि सजिलो थियो । १९१२ मा वाल्टर ड्यूबनेरले कागज झोलालाई अझ बलियो र बोक्ने ह्याण्डिल पनि बनाउन डोरीको उपयोग गर्न सकिने खालको बनाएका थिए । हुन त कागज झोला दिवस मनाउने उपयुक्त दिनको यकिन इतिहास अहिलेसम्म ज्ञात छैन । तर यस दिनले विलियम गुडलेद्वारा निर्मित कागजको झोला बनाउने मेशिनको सम्झना गराउँदछ जसको मेशिनको प्याटेण्ट १२ जुलाई १८५९ मा भएको थियो र प्रत्येक बर्ष यसै दिन कागज झोला दिवस मनाउन थालिएको हो ।