शुक्रबार, कार्तिक ७ गते २०८३

राजतन्त्रात्मक स्वेडेनमा एक करोड दश लाख जनसंख्या


आषाढ २७, २०८० बुधबार
राजतन्त्रात्मक स्वेडेनमा एक करोड दश लाख जनसंख्या
उत्तरी सागरमा पश्चिम र उत्तरमा नर्वे, पूर्वतिर फिनल्याण्ड र दक्षिणतर्फ डेनमार्कसँग (हे.नक्सा) रहेको राजतन्त्रात्मक स्वेडेन एक करोड दशलाख जनसंख्या भएको, क्षेत्रफलमा युरोपको तेस्रो तथा संसारको ५५औं ठूलो र प्रतिव्यक्ति कुल घरेलू उत्पादन (GDP) को मामिलामा संसारको सातौं विकसित मुलुक हो । सुशासन र शान्ति–सुरक्षामा स्वेडेन संसारकै एक नम्बरमा आउने मुलुक हो ।
 
हाल युक्रेनमा रुसी आक्रमण र दोस्रो विश्वयुद्धपछि युरोपमा ठूलो सन्त्रास खडा भएपछि यो मुलुक युरोप तथा अमेरिकी सैन्य गठबंधन नेटो (North Atlantic Treaty Organization: NATO) को सदस्यता लिने निश्चित भएको छ। टर्कीले स्सावेडेन विरूद्ध एक वर्षसम्म विमति राखेर हिजो सोमबार २६ असार ०८० मा सहमत भएपछि ३१ सदस्य राष्ट्र रहेको त्यस संगठनमा स्वेडेनको प्रवेश सहज भएको हो । यसअघि फिनल्याण्ड र स्वेडेन तत्कालीन सोभियत संघसँगको एक सम्झौता अनुरुप यस्ता सैन्य गठबंधनभन्दा स्वतन्त्र थिए। रुसले युक्रेनमा गरेको भीषण सैनिक कारबाहीको परिणामस्वरूप नेटोलाई झन् बलियो बनायो ।
 
Swedn.jpg
हतियार निर्यातको दृष्टिले यो मुलुक संसारको नवौं माथिल्लो स्थानमा पर्दछ । टिम्बर, जलविद्युत, र फलाम उपलब्ध मूख्य संसाधन हुन् । इन्जिनियरिङ् क्षेत्रका साधन तथा मेशिनरीको उत्पादन र निर्यातमा यस मुलुकको आम्दानी ५० प्रतिशत छ । गाडी, दूरसञ्चारका साधन, औषधी, मेशिन तथा उपकरण पनि यसका मूख्य निर्यात हुने उत्पादन हुन् । घरेलु उद्यम, कृषि, पर्यटन तथा सेवा क्षेत्र पनि उल्लेखनीय व्यवसाय हुन् । यसले राष्ट्रिय जनमत संग्रह गरेको आधारमा युरो मुद्रा खारेज गरेर आफ्नै मुद्रा ‘क्रोनर’ चलाउन थाल्यो ।
आफ्नो संस्कृतिप्रति पनि स्वेडिशहरू जागरुक छन् । दुईशय वर्षअघि लेखिएको र हामीले हाईस्कूलमै पढेको प्रसिद्ध ज्ञानकथा ‘बादशाहका नयाँ लुगा’ (The Emperor's New Cloths) का कथाकार ह्यान्स् हेन्डरसन यही मुलुकका हुन् । साहित्यमा सातपटक नोबेल पुरस्कार लिईसकेको यो मुलुकले अर्थशास्त्रमा दिईने नोबेल पुरस्कार राजधानी स्टकहोममा आयोजना गर्छ । अन्य विधामा पनि स्वेडिशहरू नोबेल पुरस्कार पाईरहन्छन् ।
Fear less, hope more, eat less, chew more, whine less, bold more, talk less, say more, hate less, love more, and all good things will be yours.
साभार : गाैतमजीकाे मुहारपुस्तिका