बुधबार, भाद्र ३ गते २०८३

१ लाख ४७ हजार ऋणीलाइ राष्ट्र बैंकबाट सहुलियतपूर्ण कर्जा


आषाढ २६, २०८० मंगलबार
१ लाख ४७ हजार ऋणीलाइ राष्ट्र बैंकबाट सहुलियतपूर्ण कर्जा

  
नेपाल राष्ट्र बैंकले  १ लाख ४७ हजार ऋणीलाइ सहुलियत ऋण प्रदान गरेको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको यस आर्थिक बर्षको जेठ मसान्तसम्म  मुलुकको आर्थिक तथा वित्तीय स्थिति अनुसार सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा  १ अर्ब ९६ करोड लगानीमा रहेको छ । जेठ मसान्तमा १ लाख ४७ हजार ५ सय १० ऋणीलाई प्रवाह भएको .२०३ अर्ब १० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २ सय ३५ ऋणीलाई .१३९ अर्ब ६८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ४ सय ५५ महिला उद्यमीलाई  ६० अर्ब ४६ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय २० ऋणीका .२ अर्ब ९७ करोड कर्जा बक्यौता रहेको छ ।

 “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा  गत  जेठ मसान्तमा .७२ करोड ५४ लाख बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।