बुधबार, भाद्र ३ गते २०८३

हिमालयन बैंकले दियो दुर्घटना मृत्यु बीमा वापतको १० लाख

आषाढ २५, २०८० सोमबार
हिमालयन बैंकले दियो दुर्घटना मृत्यु बीमा वापतको १० लाख

हिमालयन बैंक लिमिटेडले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ । 

बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हँुदा निजको पत्नी श्रीमती विमला गुराँगाईलाई सो रकम बंैकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतिले हस्तान्तरण गरे । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग बैंकले खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद पोलिसी खरिद गरेको हो । 

हाल हिमालयन बंैकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा दश लाख रुपैयाँसम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।

हाल बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएम मेसिनहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।