माेरङ । विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले रक्तदान गरेका हुन् । आइतबार राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भा“चिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको विरामीका दाजु भोलानाथ माझीले बताए ।
श्रेष्ठले तीन-तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिंदै आएका छन् । यसअघि पनि उनले बैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि उनले रक्तदान गरेका थिए । यस पटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको बताए । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताएका छन् ।

निता घिरैया
विराटनगरमा अहिलेसम्म १०० पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको कीर्तिमान छ । यसैगरी नेपालमा अहिलेसम्म काठमाण्डाैमा महिलाहरूमा निता घिरैया १५२ पटक प्रेमसागर कर्मचार्य , १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउ“दै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।
स्मरण रहाेस महिनावारीका कारणले महिलाहरूले बर्षकाे तीन पटक मात्र रक्तदान दिन सक्तछन् भने पुरूषहरूले बर्षकाे चार पटक दिनसक्छन् । यस हिसाबले निता घिरैयाकाे १५२ पटक महिला भएकाे हिसाबले अहिलेसम्मकाे ठूलाे रेकर्ड हाे ।