बुधबार, भाद्र ३ गते २०८३

चन्द्रमामा घर बनाउन ३ डी प्रबिधिको बिकास गर्दैछ चीन


आषाढ २३, २०८० शनिबार


चीन यतिबेला अन्य क्षेत्रका अतिरिक्त अन्तरिक्ष बिज्ञानमा पनि अग्रणी भूमिका खेल्दै अगाडि बढिरहेको छ । यस क्रममा पछिल्लो समय चीनले यस्तो प्रबिधि(टेक्निक) बिकास गरिरहेकाके छ जसबाट थ्री डी प्रिण्टिङ्गको माध्यमबाट चन्द्रमामा पनि घर या भवन बनाउन सकिने  छ। चीनको सरकारी समाचारपत्र चाइना डेलीले गएको सोमबार अर्थात २४ अप्रिलकका दिन यस बारेमा एउटा रिपोर्ट नै प्रकाशित गरेको छ ।
 चीनले यस्ता प्रबिधिहरु बिकसित गरिरहेको छ जुन  प्रबिधि चन्द्रमामा घर तथा भवनहरु बनाउनमा उपयोग हुनसक्छन् । यसका लागि चीनले थ्री डी प्रिण्टिङ्गको सहारा लिइरहेको छ । तीन बर्ष अघि २०२० मा चीनले ‘चेङ्ग छ’ नामको चन्द्रयान चन्द्रमामा पठाएको थियो ।चेङ्ग चीनको एउटा पौराणिक देबताो नाम हो, जसको नाममा चीनले आफ्नो यो मिशनको नाम राखेको  छ । २०१३ मा चीनले पहिलो पटक आफ्ना अन्तरिक यान चन्द्रमामा उतारेको थियो । अब उसको लक्ष छ कि २०३० सम्ममा उसले आफ्ना मानिसहरुलाई त्यहाँ पठाउने छ । 
चेङ्ग छ–८ को तयारी 
त्यतिबेलासम्ममा चीनले चैङ्ग मिशन अन्तरगत  थप यानहरु त्यहाँ पठाइसकेको हुनेछ । ती अभियानहरुको अन्तरगत चन्द्रमामा लामो समयसम्म रहन सकिने सम्भाबनाको खोजी गरिने बताइएको छ । चाइना स्पेस एडमिनिस्ट्रेशनमा बैज्ञानिक वोइरेनको हवाला दिदै चाइना डेलीले लेखेको छ कि चेङ्गस् ८ को अन्तरगतमा चीनका बैज्ञानिकहरुले चन्द्रमाको परिस्थिति र त्यहाँको खनिज संरचनाो पनि अध्ययन गर्नेछ र के बुझ्ने कोशिश गर्ने छभने थ्री डी प्रिण्टिङ्ग जस्ता प्रबिधि प्रबिधिहरु चन्द्रमाको धरातलमा कत्तिको सफलताा पाउने हुन् । 
पुनः चन्द्रमा छुने नासाको कोशिश आर्टेमिसको आरम्भ 
वू ले पत्रिकालाई बताएका छन् –‘‘यदि हामीले लामो समयसम्म चन्द्रमामा रहनु छ भने त हामीले उपलब्ध सामाग्रीहरुको उपयोगबाट त्यहाँ केन्द्र स्थापित गर्नै पर्दछ ।’’ यसै महिना चीनक अन्य समाचारपत्रहरुले पनि के खबर छापेका छन् भने अन्तरिक्षमा तीब्रतापूर्बक पाउ पसार्दै चीनले पाँच बर्ष भित्रै चन्द्रमाको माटोको प्रयोबाट त्यहाँ एउटा केन्द्रको निर्माण शुरु गर्ने मनसुवा राख्दछ ।
 यसका लागि चेङ्ग्स–८ मिशनमा एउटा रोबोटलाई पनि चन्द्रमामा पठाइने छ जसले चन्द्रमाको माटोको उपयोग गरेर इटा बनाउने छ । चाइना एकेडेमी अफ इञ्जिनीयरिङ्गका अनुसार यो मिशन २०२८ छेउछाउसम्ममा पठाइनेछ । 
 बढ्दो चन्द्रमामा जाने  होडा
चन्द्रमामा केन्द्र स्थापना गर्ने होड निकै अघि बढिसकेको छ । हालैका बर्षहरुमा  अमेरिका र  यूरोपका अन्तरीक्ष बैज्ञानिकहरुले पनि  यस दिशामा निक्कै नै प्रगति गरिसकेका छन् । यसै महिनामा अमेरिकी स्पेश एजेन्सी नासाले चार अन्तरीक्ष यात्रहरुको नामको घोषणा गरेको थियो जजसलाई २०२४ मा  आर्टेमिस २ यानको माध्यमले चन्द्रमामा पठाइनेछ । यद्यपि ती यात्रीहर चन्द्रमामा उत्रिने भने छैनन् बरु त्यसको कक्षसम्म पुग्ने छन् र आउँदो मिशनकमा अन्तरीक्ष यात्रीहरु चन्द्रमामा उत्रिनका लागिको स्थितिको लेखाजोखा र मूल्यांकन गर्नेछन् । 
 आर्टेमिस – ३ मिशनमा नासाले मानिसलाई चन्द्रमामा उतार्ने योजना बनाइरहोके छ । त्यो मिशन यस दशकको अन्त्यसम्ममा पठाइने योजना रहेको कुरा प्रकाशमा आएको छ । तर  यसका लागि आबश्यक सामाग्रीहरु अहिलेसम्म उपलब्ध भएका छ्रैनन्, तथापि यस सम्बन्धमा  काम अगाडि बढाइदैछ । अमेरिकी बैज्ञानिकहरुले बितेको एक दशकदेखि मानिसलाई चन्द्रममा पठाउने सम्वन्धमा काम गर्दै आएका छन् । आर्टेमिस अभियानलाई यसै मनसुवा पूरा गर्नका लागि सथापित गर्न सकियोस् जसले गर्दा निकट भबिष्यमा चन्द्रमामा एउटा केन्द्र स्थापित गर्न सकियोस ता कि अन्तरीक्ष यात्रीहरु त्यहाँ रहन सकुन् र खोज अनुसन्धान गर्न सकुन् । यस माध्यमबाट मंगल ग्रहसम्म जाने बाटो पनि तयार गर्ने लक्ष रहेको कुरा  प्रकाशमा आएको छ ।