बिश्वमा आज जलवायु परिबर्तनको समस्या एउटा बिकरला समस्या बन्दै गएको छ । यो आजको तीतो सत्य नै हो । बिश्व तापमानमा बृद्धिको पहिला आशंका गरिएको झण्डै डेढ सय बर्ष पछि आज यस कुरामा बिश्व–सहमति बनेको छ कि बिश्व गर्मी तथा त्यसबाट उत्पन्न अनेक जटील र ब्यापक पक्रियहरु मनब जनित हुन् । बिश्वको चर्किदो गर्मीको गति आक्रामक र खतरनाक पनि छ । जुन कारणले बितेका ९ बर्ष यता अहिलेसम्मकै सबैभन्दा गर्मीको बर्ष बन्न पुगेको बिज्ञहरु बताउँदछन् । अहिलेसम्म पृथ्वीको तापक्रम बीसौ शताब्दीको सरदर तापमानभन्दा झण्डै १ डिग्री सेण्टीग्रेडसम्म बढेको र अर्को शताब्दीको अन्त्य हुँदासम्म यो बढेर २.८सम्म पुग्ने उनीहरुको गम्भीर आशंका छ । यसले जलवायु चक्रमा चरम फेरबदल आउने र यसले भयंकर खडेरी, अपूर्ब बाढी, ठूल्ठूला आँधीबेरी, जंगलमा आगलागी जस्ता घटना घट्ने र समुच्चै यो पृथ्वीतन्त्र नै तीब्ररुपमा बदलिरहेको उनीहरु बताउँदछन् ।
मौसमा आउन यस्तो चरम परिस्थिति जस्तै भयंकर खडेरी, बाढी, आँधी, प्राकृतिक बिपत्ती, भूमीमा कटाव, कृषि उत्पादनको दायरा र उत्पादनमा कमी, तापमानमा बृद्धि भएर उत्पन्न हिने ताप तरंग(हिट वेभ) आदिको सोझो असर अब मानब ब्यवहारमा पनि पर्ने र देखिने गर्न थालेको छ । त्यसमा पनि बिश्व गर्मी र जलवायु परिबर्तनको सबैभन्दा बढी असर ग्लोबल साउँथ अर्थात पृथ्बीको दक्षिणी भाग जहाँ कम बिकसित र बिकासशील देशहरु नै छन्, त्यहाँ जलवायुको यो चरम परिस्थितिका कारणाले एउटा बिश्वको ठूलो जनसंख्या समूहमाथि आर्थिक तनाव, जीवन यापनको संकट र भबिष्यकाप्रति ब्यक्तिगत, पारिबारिक एबं सामाजिक असुरक्षाको भावना पैदा हुन जाने गम्भीर कुरा औंल्याइदैछ । जसको परिणति मानब–ब्यवहारमा आइरहेको उग्रता हो भनेर पनि बिश्लेषण गरिदैछ । बितेका केही बर्ष यतादेखि औंल्यााउन थालिएको ‘जस्तो खायो अन्न त्यस्तै भयो मन’ लाई मान्ने हो हो भ ने गैर–पारम्परिक खेतीपाती, प्रदुषित भोजन, दुषित पानी, खराब हावा, बद्लिदो मौसम र चरम उपभोक्ताबादी प्रबृत्तिले मानिसको भावदशा, मनोदशा समेतमा ठूलो चेतनात्मक बेहोसी ल्याइदिएको उल्लेख गरिदैछ । मानब ब्यवहारमा आइरहेको ब्यबहारलाई यसरी समग्रतामा बुझ्नुपर्ने र जान्नु पर्ने बताइदैछ ।
हुन पनि जहाँ एकातिर तथाकथित मानब बिकासको कारण जलवायुमा खतरनाक स्तरको परिबर्तन आइसकेको छ त्यहीं अर्कोतिर मानिस नै प्रकृतिको यो बिग्रदो सन्तुलनको आर्थिक,सामाजिक, भौतिभक र मानसिक रुपले नराम्रो शिकार भइरहेको छ। मनिस प्रकृति र जीवनको जटीलतर सन्तुलनको बिखरावको कारण पनि हो र त्यसको शिकर पनि । हुन त आरम्भिक बिकास क्रममा मानबले अचानक छलाङ्ग मारेको पारिस्थितिकी(इकोसिस्टम)तन्त्रको शिखरमा आफ्नो उग्र मूल जानवरी प्रबृत्तिसँग आइपुग्यो, र अब त यी सबै कुरा यत्तिका चाँडो चाँडो भइसकेको र भइरहेको छ कि अब परिस्थितिकी अर्थाात इकोसिस्टममा मानबका लागि ती सन्तुलन र नियन्त्रणहरुलाई बिकसित गर्ने अवसर नै मिलेको छैन, जसबाट पारिस्थितिकीका शीर्षमा रहेका अन्य जीवहरु (जस्तो सिंह, सार्क) आदिमाथि बिपद मच्चिनबाट रोक्न सकिने थियो ।
जलवायु परिबर्तनबाट बद्लिदै रहेको परिस्थितिहरुको बढ्दो प्रभावमा पृथ्वीकै जस्तै बिस्तारै बिस्तारै हामी मानिसको सहनशीलता पनि समाप्त हुँदै गइरहेको छ । अनि त्यसको स्थान उग्र, आक्रामक प्रकृतिको पाशबिक प्रबृत्तिले लिइरहेको छ । अब हामी मानिसको सुख–दुःख, क्रोध, हिंसा सबै केही क्षणिक कुरा भइसकेका छन् । जीवनका हरेक पक्षमा असुरक्षाकाो भावना बलवती बन्दै गइरहेको छ जसमा जीवनयापनदेखि लिएर प्रत्येक ब्यक्तिगत र सामाजिक पक्षहरु सामेल छन् । जलवायु परिबर्तनबाट पीडित ‘बिश्वको दक्षिण’का देशहरुका अधिकांश जनसंख्यामा सामुन्नेमा आर्थिक उत्पादन र जीवनका मूलभूत आवश्यकताहरुलाई लिएर ठूलो असुरक्षाले घर गर्न थालेको या गरिरहेको छ । त्यो खाने कुरा अन्नबाली, पिउने पानी, घर, स्वास्थ्य आदिका लागि दौडादौडबाट प्रष्ट हुन्छ । अनि शहरी जनसंख्याका लागि यातायात आवत जावतको क्रममा वायु प्रदुषणको सामना गर्नु परिरहेकको छ भने सानो बक्सा जस्तो घरबासका लागि दौडादौड गर्नु परिहेको छ ।
झन पछि झन बिश्व तात्दै गएर चरम हुन थालको चर्को गर्मीले गर्दा मानव ब्यवहारमाथिको प्रभावले बढ्दो हत्या, संगठित हिंसा र क्षेत्रीय संघर्षहरु अझ तीब्ररुपमा बढ्न थालेको पनि अध्ययनहरुले देखाएका छन् । प्रायःजसो बढ्दो तापक्रमले उग्र र शत्रुतापूर्ण ब्यवहारको सम्भावनालाई बढाउँदै लगेको औंल्याइदैछ । भनिन्छ कि लगातार बढ्दो तापमानमा रहने गर्दा शरीरलाई हर समय आपत्तिबाट निस्कन तयार हुने स्थितिमा बस्ने बानीको बनाइदिन्छ । फलतः त्यसले ब्यक्तिगत र सामुहीक स्तरमा मानिसहरुले हिंसात्मक ब्यवहार गर्ने स्थिति खडा गरिदिन्छ । हालैका कतिपय अध्ययनहरुले ब्यक्तिगत स्तरमा हि«ंसक प्रबृत्तिमा बृद्धि भएको दर्शाएको छ, जसले त्यसमा एउटा ठूलो संख्यामा महिला हिंसामा बृद्धि भएको कुरा पनि समावेश छ । एउटा अनुसन्धानका अनुसार एक डिग्री सेण्टिग्रेट तापमान बढ्दा एकातिर बिश्व स्तरमा ६ प्रतिशत मानब हत्याको बृद्धि भएको पाइएको छ भने अर्कोतिर हालैको अर्को एक अनुसन्धाबाट सहचर्यामा रहिरहेका या रहिसकेका महिलाहरुमाथि हि«ंसक घटनाहरु (भारत, पाकिस्तान र नेपालमा)मा ४.५ प्रतिशतले बृद्धि भएको दर्शाएको छ । अझ यसमा यो शताब्दीको अन्त्यसम्ममा ब्यापक बृद्धि हुने अनुमान गरिएको छ । जलवायु परिबर्तनले मूख्यरुपमा प्रभावित कम बिकसित र बिकासशील देशहरुको सामाजिक बनावट र आर्थिक परिदृष्य आधी आवादीको हिंसाको हिसावले अझ असुरक्षित तुल्याइदिन्छ । यस्तो परिस्थितिमा मानब ब्यवहारमा जलवायु र पर्यावरणीय परिबर्तनलाई नयाँ सिराबाट बुझ्न र तदनुरुप चल्न कत्ति पनि बिलम्ब गर्नु नहुने स्थिति टड्कारोरुपमा खडा भएको छ । त्यसैले बिश्वमा चरम नाफा केन्द्रित होइन, प्रकृति तथा मानब मैत्री बिकास आजको ज्वलन्त आवश्यकता बन्न गएको एकदमै प्रष्ट छ ।
नेपालपत्र संवाददाता