आइतबार, कार्तिक ९ गते २०८३

फण्ड सेटलमेन्ट गर्न विदाको दिनमा पनि बैंक खुल्ला हुने

आषाढ २२, २०८० शुक्रबार
फण्ड सेटलमेन्ट गर्न विदाको दिनमा पनि बैंक खुल्ला हुने


नेपाल राष्ट्र  बैंकले सार्वजनिक विदाको दिनमा पनि बैंक तथा वित्तीय संस्थाको कार्यालय खोल्न निर्देशन  दिएको छ ।  । राजस्व संकलन, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरको फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि असारभर शनिबार र सार्वजनिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था  दोल्न केन्द्रिय बैंकले परिपत्र गरेको हो ।

 राष्ट्र बैंकले नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयको अनुरोध बमोजिम यो नियम कार्यान्वयन गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । २३  र ३० गते बिदाका दिन  राती  ८ बजेसम्म र असार ३१ गते भने बेलुका ७ बजेसम्म बैंकहरु खुला राख्न राष्ट्र  बैंकले निर्देशन दिएको छ । ।  नेपाल क्लयरिङ हाउस समेत खुला राख्नु पर्ने गरी राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।