शुक्रबार, कार्तिक ७ गते २०८३

देश ! क्या गाईजात्रा ! यत्र तत्र सर्वत्र !!

भाद्र ७, २०७८ सोमबार
देश ! क्या गाईजात्रा ! यत्र तत्र सर्वत्र !!

Gaijatra2.jpg

- सीताराम थापा

नेपालमा १० बर्षे युद्ध र हिंसा जस्तै
युद्धमा फसाईयाे सुडान, सिरिया र अफगानिस्तान
विदेशिकाे आँखामा शान्ति हैन युद्ध जस्तै,
युद्धमा फसायर एमसीसीकाे गाईजात्रा नेपालमा

सानाे, सुन्दर विविधताकाे देश नेपाल
ठूला ठूला संघर्ष र द्वन्द्वकाे फेरबदलले 
स्विजरल्याण्ड र चीन जस्ताे शान्ति बनेन
युद्ध- लडाईकाे दैनिक गाईजात्रा मात्र नेपालमा 

सामाजिक न्याय र सुन्दर बनाउन जापान र डेनमार्कबाट
सिकेनन्, काेरिया र  भुटान जस्ताे सानाे देशबाट पनि,
यहाँकाे माैलिक, नवीन खिचडी पकाए जस्तै 
 गल्तिहरु मात्र दोहर्‍याएर माहान गाईजात्रा नेपालमा

भूटानले आज खाेप उन्मुलन राष्ट्रबाट आफुलाई  
काेरना रहित बनाउदै नेपाललाई खाेप दिए पनि,
नेपालमा राजनीतिक गाईजात्रा र एमसीसीकै खेल जस्तै
सत्ता, फुट, अनेकता, भ्रष्टाचारमय राजनीतिकाे गाईजात्रा भयाे

हाम्राे देश क्या गाई जात्रा भयाे ! यत्र, तत्र, सर्वत्र ! !

 

* कवि नागरिक अभियान्ता हुन्। 
भाद्र ७, २०७८