लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैकले ६५ औं एक्सटेन्सन काउन्टरको सुरु गरेको छ । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलेसंयुक्त रुपमा समुद्घाटनगरेका थिए । शाखा कार्यालय तौलिहवा मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने छ ।
उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग लगायत विभिन्न विद्युतिय सेवा ग्राहकलाई उपलब्ध गराउदै आएको छ ।