माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन लागि राष्ट्रिय परीक्षा बोर्डकाे बैठक आज दिउँसो १ बजे बस्ने भएकाे छ ।
यस अघि बुधबार नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटि सुधार्न भन्दै आजका लागि बैठक सारिएको थियाे ।
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० तर्फका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसईई नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेकोले बिहिबार साँझ वा शुक्रबार नै नतिजा प्रकाशन हुने जनाए ।
२०७९ चैत्र १७ गतेदेखि सञ्चालित भएकाे एसईई परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।