शनिबार, आश्विन १७ गते २०८३

आर्थिक मुद्धालाई पहिलो प्राथमकितामा राख्न काँग्रेस सभापति देउवासँग सिएनआईको माग

आषाढ १५, २०८० शुक्रबार
आर्थिक मुद्धालाई पहिलो प्राथमकितामा राख्न काँग्रेस सभापति देउवासँग सिएनआईको माग

  
 
नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरुको नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्रका विषयमा छलफल  गरेका हुन् । 

उक्त छलफलमा नवनिर्वाचित अध्यक्ष अग्रवालले मुलुकको वर्तमान अर्थतन्त्रका विषयमा जानकारी गराउदै राजनीतिक दलहरुले आर्थिक मुद्धालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयहरुलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा  उनको जोड छ । आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि आगामी मौद्रिक नीति लचिलो हुनुपर्नेमा पनि अध्यक्ष अग्रवालले बताए । 

सो अवसरमा कांग्रेस सभापति देउवाले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना  दिदै अर्थतन्त्रको सुधार तथा निजी क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।