शनिबार, आश्विन १७ गते २०८३

अर्थतन्त्रमा सुधार आएकाले बैंक दर र ब्याजदर क्रमश घट्न थालेको छः प्रधानमन्त्री दाहाल 

आषाढ १३, २०८० बुधबार
अर्थतन्त्रमा सुधार आएकाले बैंक दर र ब्याजदर क्रमश घट्न थालेको छः प्रधानमन्त्री दाहाल 


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रमा क्रमश सुधार आउन थालेको बताएका छन् । संसदमा बजेटमाथी उठेका   प्रश्नको जवाफ दिँदै उनले मुलुकको अर्थतन्त्र श्रीलङकाको जस्तो हुन्छ भन्ने बुझाइ वौद्धिक बर्गमा मात्र नभई आम नागरिक सामु समेत पुगको उनको भनाइ छ । तर यसबीच अर्थतन्त्र जागेको र श्रीलङाको जस्तो हुनबाट रोक्न सफल भएको उनले बताए ।

यो राष्ट्रको उपलब्धी भएको भन्दै उनले सबै जसो आर्थिक सुचकहरु सकरात्मक दिशातर्फ अगाडी बढेको समेत जानकारी दिए । पछिल्लो ६ महिनामा विदेशी विनिमय सञ्चिति २० प्रतिशत भन्दा बढीले वृद्धि भएको प्रधानमन्त्री प्रचण्डले बता । यसले ९.७ महिनोको वस्तु तथा सेवा धान्न सकिने छ । त्यसैगरी वस्तु व्यापार घाटामा १५.२ प्रतिशतले कमी आएको छ । विपे्रषण उल्लेख रुपमा वृद्धि भएको,पर्यटक आगमन गत बर्षको तुलनामा दोब्बरले बढेको बैंक दर र ब्याजदर क्रमश घट्दै गएको र वित्तीय क्षेत्रको स्थायित्व र लगानीको वातावरणमा सकरात्मक सुधार आएको उनको भनाई छ ।

चुवावटलाइ कडाइका साथ लागु गरेपछि राजश्वमा समेत वृद्धि भएको,विद्युत प्राधिकरण र नेपाल आयल निगम नाफामा गएका छन् भने नेपाल वायुसेवा नियमको आर्थिक अवस्था पनि सुधारउन्मुख रहेको उनले बताए । वैदेशिक लगानीका लागि कुटनीतिक नियोगहरुलाई परिचालन गरिएको,ठुला सम्भावित लगानीकर्तासँग छलफल गर्न आफुले नै अग्रसरता लिएको उनले जानकारी दिए । यसमा सकरात्मक सन्देश देखिएको र यस अवधिमा ३५ अर्ब सहायता सम्झौता भएको उनले बताए । उद्योग क्षेत्रमा २७४ परियोजना मार्फत करिव ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको छ । लगानी वोर्डबाट ९५४.३० विद्युत उत्पादन हुने गरी विभिन्न ६ परियोजनाको लागि  १ खर्ब ६७ अर्ब लगानी स्वीकृत भएको छ ।

आर्थिक सुधारकै परिणाम  कम्तिमा २० हजार रोजगार सृजना गर्ने गरी २ खर्ब  ५ अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको उनले जानकारी दिए । अर्थतन्त्रलाइ गतिशिलतासँगै फराकिलो ,दिगो र समावेशी आर्थिक वृद्धि ,गुणस्तरीय सामाजिक विककास र न्यायको प्रत्याभुति र समष्टिगत आर्थिक स्थायित्व,संघियताको सवलिकरण र सुशासनको उदेश्य सहितको अहिलेको बजेट प्रक्रियाबाट उत्पादन र उत्पादकत्व वृद्धि भइ मुलुकभित्रै रोजगारीको अवसर सृजना हुने उनको भनाइ छ । आगमी बर्ष आर्थिक र सामाजिक पुर्वधारहरु निमार्ण भइ उच्च आर्थिक वृद्धिको आधार तयार हुने प्रधानमन्त्री प्रचण्डले बताए । सुशासन सरकारको उच्च प्राथमिकता भएको रत्यसलाइ आत्मसात गरेकाले जनतामा राज्यप्रतिको विश्वासमा अभिवृद्धि भएको उनले बताए ।

हाइ प्रोफाइल व्यक्तिहरु कानुन भन्दा माथी छन् भन्ने आम मनोविज्ञान बनेको र यसले आम जनतामा ठुलो आक्रोशं जन्माइरहेकाले   लोकतन्त्रप्रति नै नकरात्मक धारणा बनिरहेको अवस्थामा नक्कली भुटानी शरनार्थी प्रकरणमा  सरकारले गरेको अनुसन्धान र कारवाहीपछि  सरकारप्रति जनताको विश्वास जाग्न थालेको उनले सुनाए । भुटानी शरनार्थीको अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चता मात्र प्रमाणित नगरी  लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गर्न सकेको प्रधानमन्त्री प्रचण्डले बताए । मिटर ब्याजी र सहकारीका ठग हरुलाइ करवाही गर्न सुरु गरके समेत उनको भनाइ छ ।