शनिबार, आश्विन १७ गते २०८३

बकरिद पर्वका दिन सरकारले दियो सार्वजनिक बिदा

आषाढ १२, २०८० मंगलबार
बकरिद पर्वका दिन सरकारले दियो सार्वजनिक बिदा

मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बकर इदका दिन असार १४ गते नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयको तर्फबाट सहसचिव तथाा प्रबक्ता केदारनाथ शर्माले एक सार्बजनिक सूचना जारी गर्दै यो जानकारी गराएका हुन् ।

इद ऊल अजाह अर्थात बकरिदका दिन नेपाली मुस्लिम समुदायको पनि महान पर्व हो । ईद ऊल फित्रको ७०औं दिनमा याे पर्व मनाइन प्रचलन रहेकाे छ ।

यस दिन मुस्लिम समुदायका सदस्यहरुले बिहानै स्नान गर्ने अनि दिनमा नामाज पढ्ने र आफन्तहरुलाई सुस्वास्थ्य, सुख तथा शान्तिको कामना गर्दै परपस्परमा शुभकामनाको आदान प्रदान गर्ने गर्दछन् ।

bakridbida.jpg