शनिबार, आश्विन १७ गते २०८३

विमानस्थलमा विदाइ र स्वागत गर्न ३ जनामात्र जान पाइने

आषाढ १२, २०८० मंगलबार
विमानस्थलमा विदाइ र स्वागत गर्न ३ जनामात्र जान पाइने

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नयाँ मापदण्‍ड कार्यान्वयनमा ल्याएको छ। उक्त मापदण्ड अनुसार अब विमानस्थलमा यात्रु लिन र पुर्‍याउन ३ जनाभन्दा बढीले जान पाउने छैन । सवारी ट्राफिक व्यवस्थापन गर्न अप्ठ्यारो भएपछि कार्यालयले यस्तो मापदण्ड कार्यान्वयनमा ल्याएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका हुन्।

एक जना यात्रु पुर्‍याउन र लिनका झण्डै आधा दर्जन आफन्त आउने गरेको उनले बताए । मानिसहरूको आवतजावत बढी हुँदा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भीड व्यवस्थापन गर्न गाह्रो भइरहेको उनको भनाइ छ । अन्तर्राष्ट्रियतर्फ दैनिक ८८ वटा उडान अवतरण भइरहेको छ भने १२ हजार भन्दा बढी यात्रु ओहोरदोहोर गर्ने गर्छन्।