भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बालुवाटरको ललिता निवास जग्गा प्रकरणका आरोपीत गुरुङलाई नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा गरेकाे मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ १२ गते पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री, अख्तियारका पूर्वप्रमुख आयुक्त लगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।