अन्तर्राष्ट्रिय वित्त निगमले ग्लोबल आइएमई बैंक लिमिटेड, कर्जा विभागमा कार्यरत करिव ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम प्रदान गरेको छ । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तीय निगमको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा विशेषतः आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले सञ्चालन गरेका थिए ।
अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।