आइतबार, कार्तिक ९ गते २०८३

सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण 

आषाढ १०, २०८० आइतबार
सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत बीमा रकम हस्तान्तरण 


सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला श्रीमती राम माया अधिकारीज्यूलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक  राम हरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण  गरेका हुन । 

श्रीमती राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता  खोलेकी थिईन । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगको उपचार बीमा, रु. १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।  बैंकका  देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।