शनिबार, आश्विन १७ गते २०८३

रुसमा सैनिक विद्रोहको गम्भीर स्थिति


आषाढ १०, २०८० आइतबार
रुसमा सैनिक विद्रोहको गम्भीर स्थिति
 
यद्यपि पछिल्लाे समय बिद्राेही सैनक समूहसँग पुटीनले सम्झाैता गरेका छन् र एबगेनी क्षमा पाएर बेलारूस जाने भएका छन् । बेलारूस रूसकाे सहयाेगी देश रहेकाे छ । तर अझै पनि स्थिति अन्याैलपूर्ण र सन्देहास्पद नै रहेकाे जनाइएकाे छ । 
 
रुस र यूक्रेनका बीच एक बर्षभन्दा बढी समयदेखि जारी प्रत्यक्ष संघर्षमा पछिल्लो समय निकै खतरनाक र नाटकीय मोड देखिएको छ । केही दिन पहिलासम्म यूक्रेनका बिरुद्ध युध्द मोर्चा समालिरहेका वेगनर सैन्य गुटले पछिल्लो समय क्रेमलिनकै बिरुद्ध एउटा निकै भयावह चूनौति प्रस्तुत गरेका छन् । त्यस वेगनर समूहका प्रमुख मानिने एभगेनी जो एकजना कारोबारी हुन्, तर उनको लडाकु टुक्रीको माध्यमबाट उनले सैन्य कारबाहीमा महारत हाासिल गरे । वेगनर समूह सेनाको रेखदेखमा देशको तर्फबाट  सैन्य कारबाही गर्दछ । शायद यसै कारणले अमेरिका र पश्चिमा देशहरुका सञ्चार माध्यमहरुमा वेगनरलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटीनको निजी सेना पनि भन्ने गरिएको छ । तर वास्तवमा येवगेनी एकजना महत्वांकी र निकै ठूल्ठूला कुरा गर्ने नेता मानिन्छन् । जो बितेका केही समयदेखि रुसको रक्षा मन्त्री र सैनिक नेतृत्वर्लाइ आफ्नो आलोचनाको शिकार बनाउदै आएका थिस् । पुटीन र रुस अन्य नेताहरुले एवगेनीक त्यस्ता गतिबिधिहरुलाई लामो समयसम्म वेवास्ता गरेर । त्यसको कारण के बताइन्छ भने युद्धको मोर्चामा बाखमतमा बेगनरले यूक्रेनका बिरुद्ध महत्वपूर्ण सफलता हासिल गरेको थियो । पछिबाट यो समूह युद्धको मोर्चाबाट हटेर गएको थियो । अनि रुसी सेनाले अधिकृत त्यो क्षेत्रको सुरक्षाको जिम्मेवारी सम्हालेको थियो । यसै बीचमाा यूक्रेनले बहु प्रतिक्षित भनिएको रुस बिरुद्धको जवाफी हमला शुरु गरेको थियो । अमेरिका र नाटो देशका अत्याधुनिक हतियारहरु प्रयोग गर्दा गर्दै पनि यूक्रेनी सेनाले रुसको सुरक्षा पंक्तिलाई भेदन गर्ने गर्ने सफलता पाउन सकिरहेको थिएन । त्यसैले राष्ट्रपति पुटीका लागि त्यो राहतको कुराा बनिरहेको थियो । तर एवेगेनीको बिद्रोह पछि रुसका लागि आज एउटो दोहोरो संकट पैदा हुन पुगेको छ । एकातिर त उसले अमेरिका र नाटो देशहरुसँग भिडन्त गरिरहनु परेको छ भने अर्कोतिर घरेलु मोर्चामा वेगनर लडाकाहरुका बिरुद्ध कारबाही गरेर तिनलाई निष्कृय तुल्याउनु पर्ने स्थिति पैदा भएको छ । 
 
यस्तो दोहोरो गम्भीर संकटलाई महसुश गरेर रुसी राष्ट्रपति पुटीले देशलााई सम्बोधन गरेर, जसमा उनले रुसलाई बचाउनका लागि राष्ट्रिय एकजुटताका लागि आह्वान गरे । पुटीनले देशबासीहरुलाई १९१७ को घटना क्रमको सम्झना गराए जतिबेला प्रथम बिश्व युद्धको क्रममा बोल्शेभिक र मेन्सेबिक दुइ समूहका बीचमा गृह युद्ध जस्तो स्थिति पैदा भएको थियो ।त्यस घटनाको उल्लेख गरेर वास्तवमा पुटीले स्पष्ट सन्देश दिएका छन् कि पुरानो घटनाक्रमको पुनराबृत्तिलााई देशबासीहरुले स्वीकार गर्न सक्तैनन् । पुटीले एवगेनीमााथि बिश्वासघातको आारोप लगाए अनि रुसी सेनालाई एवगेनीको बिद्रोहलाई कुल्चिन निर्देशन जारी गरे । अहिललाई वेगनर लडाकु रुसको दक्षिणी क्षेत्र रोस्टोभमा  जम्मा भएर मास्कोतिर बढ्ने कोशिश गरिरहेको भनिदैछ । यद्यपि त्यहाँँबाट मास्को सयकडौ किलोमिटर टाढा भएकोले त्यहाँसम्म कुनै वेगनर लडाकु सेना पुग्न सक्ने सम्भावना नै एकदमै कम छ भनिन्छ । रुसको सेना र समाजले संकटको यो घडीमा यदि एकता प्रदर्शन गरेमा त यो बिद्रोह केही दिनमै दबेर जानेछ । तर सबैभन्दा खतरापूर्ण अबस्था त्यतिबेलाा सिर्जना हुनसक्छ जति बेला अमेरिका र नाटोले त्यो सेनालाई सैन्य समर्थन उपलब्ध गराउदछन् । त्यसै खतरालाई मध्यनजरमा राखेर राष्ट्रपति पुटीनलले बेलारुस, उज्बेकिस्तान र कजाकिस्तानका नेताहरुसँग तत्काले कुराकानी गरेका छन् ।
 
त्यसैले यतिबेला बिश्वका लागि थप चिन्ताको बिषय के बनेको छ भने यूक्रेन संघर्ष पछि अब मध्य एशिया पनि अस्थिर हुन पुग्ने खतरा मडारिइरहेकाे छ । बिश्वका प्रमुख शक्ति राष्ट्र र तिनका वरिपरीका देशहरुकका लािग पनि ठूला चूनौति बन्न सक्छ । किनभने यस बिद्रोहबाट जान अनजानमा परमाणु हतियार उपयोग गर्ने खतरा पुनः मडारिन थाल्दछ  । यसभन्दा पहिला पनि  रुसको रक्षा बिशेषज्ञहरुको एउटा तप्काले यूक्रेन संघर्ष लामो समयसम्म चलेपछि परमाणु हतियारको उपयोग गर्ने वकालत गर्दै आएको पनि छ । यसमा अहिलेसम्म राहतको कुरा के छ भने यसो भन्ने तप्का अल्प मतमा रहेको छ अनि राष्ट्रपति पुटीन तथा सैन्य नेतृत्व पनि यस खतरनाक बिकल्पको पक्षमा रहेका देखिन्नन् । यस्तो स्थितिमा धेरै कुरा अमेरिका र नाटो देशहरुको गतिबिधि र रबैयामा भर पर्दछ । अमेरिकाको मनशाय यदि रुसी सेनाको कम्मर भाचिदिने छ भने यो परमाणु युद्धलाई सच्चै नै निम्त दिने जस्तै हुन्छ। विश्व यसभनदा पहिला परमाणु युद्धको आशंकाको यत्ति निकट कहिल्यै पुगेको थिएन भनिदैछ । अकोतिर रुससँग लामो मैत्रीपूर्ण भरोसायुक्त सम्वन्ध भएको  र रहेको मानिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको साता मात्र अमेरिकाको ‘सफल’ भ्रमण गरे पछि रुसलाई के सल्लाह दिन्छन् त्यसले पनि अर्थ राख्दछ भन्ने जानकारहरुको राजनीतिक हिसाव किताब गरिरहेका छन् । यद्यपि कतिपय बिशेषहरु के मान्दछन् भने रुसको नजरमा अब भारतमाथिको बिश्वसनीयता मोदीको यो भ्रमणपछि घटेको छ।