बुधबार, भाद्र ३ गते २०८३

लम्पी राेग महामारी, बाढी पहिराे र तरकारी किसानका समस्या हल गर - ६ किसान संगठन

आषाढ ९, २०८० शनिबार
लम्पी राेग महामारी, बाढी पहिराे र तरकारी किसानका समस्या हल गर - ६ किसान संगठन

नेपाली किसान र कृषि क्षेत्रमा तत्काल भैपरी आएका समस्याहरुको समाधानका लागि ६ किसान संघ, संगठनहरुले आम किसानहरुमा पर्न गएको समस्याहरुको तत्काल समाधान गर्न र देशको सार्वभौकिता रक्षाको लागि  हिजाे एक संयुक्त बक्तब्य प्रकाशित गर्दै   निम्न ज्वलन्त माग तत्काल पूरा गर्न नेपाल सरकारसँग गरेका छन् :
१. यतिबेला देशका सम्पूर्ण भाग तराई, पहाड र हिमालमा समेत पशुमा लग्ने छालाको रोग (लम्पी स्किन डिजिज) ले खास गरी गाई र भैंसीहरुमा हजारौंको संख्यामा फैलिएकोले किसानहरु ठूलो मर्कामा परेका छन् । उनीहरुले पालेका गाई भैंसीको उत्पादन र उत्पादत्व यो रोगले नराम्रोसँग घटाएको छ । 
सुरुमा अफ्रिकाबाट बंगलादेश, भारत हुदै नेपाल छिरेको यो रोगले नेपालको पूर्व देखि पश्चिम सम्मै महामारिको रुप लिइसकेको अवस्था विद्यमान छ । नेपामा क्वारेण्टाईन ब्यबस्थामा कडाई गर्नु पर्नै साथै विरामी चौपायाहरुको समयमा यथोचित औषधोपचारको व्यवस्था सरकारी तवरबाट तत्काल मिलाउनु आवस्यक छ । यस महामारिका कारण किसानहरुलााई पर्न गएको नोक्सानीको क्षतिपूर्तिको रुपमा किसानलाई उचित राहत तत्काल उपलब्ध गराउन सरकार समक्ष हामी जोडदार माग गर्दछौं ।  
२. पूर्वी पहाडी जिल्लाहरु खासगरी संखुवासभा, ताप्लेजुङ्ग, ओखलढुङ्गा र पाँचथरमा आएको भिषण बाढी पहिरोले किसानहरुको ठूलो जन धनको क्षति भएको छ । हमी प्राकृतिक विपत्तीका कारण जीवन गुमाएका नागरिक लगाएत किसानहरुका प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं साथै बेपत्ता भएकाहरुको ब्यापक खोजी र उद्धार गर्न जोडदार माग गर्दछौ र शोक सन्तप्त किसान परिबारहरुमा गहिरो समबेदना प्रकट गर्दछौ । यस विपत्तीमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन तथा पीडित  परिवारलाई यथेष्ट  क्षतपूर्ति तत्काल प्रदान गर्न सरकारसंग जोडदार माग गर्दछौं ।
३. विदेशबाट आयातित अत्यधिक विषादीयुक्त कृषि उत्पादन निर्वाध रुपमा भित्रिनाले नेपाली कृषकले उत्पादन गरेका कृषि उपजले विदेशीको अनुदान प्राप्त कृषि उपजसंग प्रतिस्पर्धा गर्न नसकी बजारमा विक्रि वितरणमा समस्या भई नेपाली कृषि उत्पादन सडक तथा खोलामा फ्याँक्नु पर्ने अवस्था सृजना भएको छ । नेपालको १७३ वटा सिमा नाकाहरु मध्य १५ वटामा क्वारेन्टाइन व्यवस्था गएकोमा हाल आठ वटा नाकामा रहेको क्वारेन्टाइनले मात्र काम गरिरहेको र सात वटा निष्कृय भएको हुदा ति सक्रिय रहेका आठवटा बाट आयातित कृषि उत्पादनलाई अनिवार्य क्यारेन्टाइन गर्ने नीतिगत व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन आवस्यक छ । किसानहरुको नोक्सानीलाई निर्मूल पार्न सिमा नाकामा भएका क्यारेन्टाइनहरुमा नीतिगत व्यवस्था अनुरुप चेक जाँच कडाइका साथ अवलम्बन गरी स्वदेशी कृषि उत्पादलाई प्रोत्सहान गर्न र किसान तथाा उपभोक्ता दुबैलाई राहत प्रदान  गर्ने गरी पहलकदमी लिन पनि हामी सरकारसँग जोडदार माग गर्दछौं । 
४. नेपालको भुगोल समेटिएको नक्सालाई भारतको संसद भवनमा ग्रेटर इन्डिया नाममा राखिनु तथा नेपालकी चेली सीतालाई भारतकी छोरी भनी चलचित्र बनाई प्रशारण गर्ने दुस्प्रयास र ऐतिहाँसिक कालमा नेपाल भारतमा नै थियो भन्ने जस्ता अनर्गल कुराको प्रचार गरी नेपालको सार्वभौमिकतामाथि दखल गर्ने कुरा छिमेकी मुलुकले यो वा त्यो ढंगबाट गर्नाले हाम्रो राष्ट्रप्रेम र देशभक्ति माथि धावा बोल्ने दुस्प्रयास गरिरहेको देखिन्छ । यसका विरुद्धमा सम्पूर्ण किसान मजदुर र श्रमजिवी वर्ग एवं सचेत नेपाली नागरीक एक भई प्रतिवाद गर्न आह्वान गर्दछौं ।

Bam kishan press release 2080 ashad 8.pdf :To download file click here